जनता टाइम्स

८ मंसिर २०७७, सोमबार १३:२३

कांग्रेसका नेता पाण्डेले लिए सांसदको सपथ


काठमाडौं, मंसिर ८

नेपाली कांग्रेसको खाली रहेको समानुपातिक सांसद पदमा मोहनप्रसाद पाण्डेले नियुक्त हुनु भएको छ । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा पाण्डेलाई सोमबार शपथ खुवाइएको हो ।

संसद् सचिवालयले दिएको जानकारीअनुसार सोमबार उहाले सांसदको रूपमा शपथ खानु भएको हो । गत कात्तिक १७ मा केसीको निधन भएको थियो । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको हो ।

समानुपातिक खस आर्यको क्लस्टरबाट सांसद बनेका केसीको निधन भएपछि सोही कोटाबाट पाण्डे आउनु भएको छ । समानुपातिकको बन्द सूचीमा केसी पछाडि पाण्डेको नाम थियो ।