जनता टाइम्स

८ मंसिर २०७७, सोमबार २०:०६

प्रधानमन्त्री ओली आफै क्यामेराम्यान बनेपछि…(तस्विरसहित)


काठमाडौं, मंसिर ८

प्रधानमन्त्री केपी शर्मा ओली । जहा पुग्नु हुन्छ, त्यहा उहासँग तस्विर खिच्नेको लहर चल्छ । अझ संचारकर्मी त पछिल्लो पटक उहाका कार्यक्रम छाड्ने कुरै हुदैन ।

कोरोनाका कारण पछिल्लो समय निक्कै कम सार्वजनिक कार्यक्रममा देखिनु भएका प्रधानमन्त्री ओलीले अहिले भने सक्रियता बढाउनु भएको छ । पार्टीभित्रको दैनिक किचकिच सहेर पनि उहाले केही सार्वजनिक कार्यक्रम विशेष गरी दुरदराजका स्थानमा पुग्नु भएको छ । यसैक्रममा सोमबार उहाँ ताप्लेजुङको घुन्सा पुग्नुभयो ।

समुन्द्र सतहदेखी करिव साढे तीन हजार मिटरको उचाईमा रहेको घुन्सा पुग्दा त्यहाको प्रकृतिबाट नरमाउने सायदै कोही होला । घुन्साको मैदानी फाँटमा सामुहिक र व्यक्तिगत तस्विर खिच्ने क्रम चलिरहेको थियो । त्यही बेला प्रधानमन्त्री ओलीले पनि तस्विर खिच्नु भयो । उहाले आफुले भन्दा पनि अरुको तस्बिर खिच्नु भएको हो । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेता, कार्यकर्ता र स्थानीयहरुलाई एउटै लाइनमा उभ्याएर तस्विर लिनु भएको छ ।

यस्ता छन् उहाका घुन्सामा रहँदाका तस्विर