जनता टाइम्स

९ मंसिर २०७७, मंगलवार १८:४४

सबै देशहरुमा उडान अनुमित, यस्तो छ प्रावधान


काठमाडौं, मंसिर ९ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ ।

सीसीएमसी निर्देशक समितिको आज बसेको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले दिनुभएको जानकारीअनुसार संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको हो ।

‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकता अनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ,’ बैठकपछि सचिव गुरागाईंले भन्नुभयो ।