विराटनगर, मंसिर १०
विराटनगरमा कोरोना संक्रमणका कारण हिजो रातिदेखि आज विहानसम्म ४ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो । धनकुटा नगरपालिका– ४, धनकुटाका ८२ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उहाँलाई ८ मंसिरमा अस्पताल भर्ना गरिएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
यस्तै धरान उपमहानगरपालिका–७, सुनसरीकी ५० वर्षीया महिलाको हिजो बेलुकी नोबेलमा मृत्यु भएको हो । उहाँलाई पनि कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो । रामधुनी नगरपालिका–६, सुनसरीका ४० वर्षीय पुरुषको नि बेलुकी नै मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि हिजो दिउँसो अस्पताल ल्याइएको उहाँमा साँझ संक्रमण पुष्टि भएको थियो । धनपालथान गाउँपालिका–६, मोरङकी ७० वर्षीया वृद्धाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । २६ कात्तिकमा अस्पताल भर्ना हुनुभएको उहाँको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्