जनता टाइम्स

११ मंसिर २०७७, बिहीबार १६:३६

भारतीय विदेशसचिव श्रृंखला उच्चस्तरिय भेटवार्तामा व्यस्त, यस्तो भयो छलफल


काठमाडौँ, मंसिर ११

नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंखला विभिन्न भेटघाट र छलफलमा सहभागी हुनुहुन्छ । दुई मुलुकबीच कूटनीतिक संवादको लागि बाटो खुला गर्दै नेपाल–भारत द्वीपक्षीय परराष्ट्र सचिव स्तरीय वार्ता भएको छ ।

राजधानीको एक होटलमा भएको वार्ता सकरात्मक भएको दुवै पक्षले जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार दुई पक्षीय विदेश सचिव स्तरीय वार्ता सकरात्मक भएको बताउनु भयो ।
दुई पक्षीय विदेश सचिव स्तरीय वार्ता सकिएपछि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंखला परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गर्न सिंहदरबार पुग्नु भएको थियो । भेटपछि उहाले कोभिड–१९ सम्वन्धि औषधि सहयोग गर्नुभएको छ ।

उहाले त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसैबीच, भारतले नेपाल–भारत विदेश सचिवस्तरीय वार्तालाई उपलब्धिमूलक भेटघाट भएको बताएको छ । दुई पक्षीय विदेश सचिव स्तरीय वार्तापछि भारतीय राजदूतावासको ट्वीटर ह्यान्डल ‘इन्डियाइननेपाल’ बाट प्रतिक्रिया दिदै भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलले द्धीपक्षीय सहयोगको समीक्षा गरेको जनाएको छ । साथै, उनीहरु बीचमा आपसी हितका मुद्दाहरुमा छलफल गरेको जनाएको छ ।