काठमाडौं, मंसिर १७
सरकारको दुई वर्षे कार्यकाल पुगेपछि शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको किचलो अहिलेसम्म साम्य भएको छैन । त्यो पार्टीभित्रको समस्या देखेर स्वयम जनता मात्रै होइन् नेकपाकै नेता कार्याकर्ता वाक्क भईसकेका छन् । न कहिले मिल्छन् न कहिले छुटिन्छन् । मिल्दा निक्कै राम्रो हो, न मिल्दा पनि जनतालाई खासै फरक भने पर्दैन । किनकी त्यो पार्टी झगडा अहिलेसम्म जनताका समस्या समाधानका लागि हैन नेता र नेताकै आसेपासेको व्यवस्थापनका लागि भईरहेको हो ।
प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक मृर्गौला प्रत्यारोपणपछि नेकपाको विवाद झनै चर्किएको छ । असारसम्म आइपुग्दा अब पार्टी नै फुट्छ कि भन्ने हल्ला शुरु भएको थियो । त्यसपछि आज फुट्ला कि भोली फुट्ला कि भन्ने अवस्थामा पुग्ने र फेरी साम्य हुने अवस्था जारी छ । तर, जनता भने आजित छन् ।
नेकपाका सचिवालयमा रहेका ९ जना सदस्य मध्ये कहिले पनि आजसम्म जनतामा यो समस्या छ यसलाई कसरी सम्बोधन गर्ने भनेर कहिल्यै बैठकको माग गरेका छैनन् । छन् त, तेरा मान्छे किन नियुक्ति गरिस ? मेरा किन गरिनस् ? अब म तलाई देखाउछु ? बैठकमा आइज विधि, विधान र पद्धतीअनुसार जानुपर्छ भन्ने कुरा बैठकमा पटक पटक उठेका छन् ।
कात्तिक २८ गते दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री ओलीमाथी आरोप लगाउदै १९ पृष्ठको पत्र लेखे । त्यसमा जनताका समस्या यसरी किन समाधान नगरेको ? यी यी काम अहिलेसम्म कँहा पुगे ? जनतामा यस्ता समस्या छन् ? यसलाई निर्णय गरेर अगाडी बढौं भनेर कहि पनि उल्लेख छैन । छ त एकलौटी किन नियुक्ति गरेको, मलाई किन हेपेको ? तेरा मान्छे सहभागी भएको कारोबारमा भ्रष्टचार भयो ? जस्ता आरोप मात्रै छन् ।
नेकपामा मुख्य गरी अहिले दुई अध्यक्ष दुई धारमा रहेका छन् । उनिहरुकै पछाडी अन्य नेता लागेका छन् । आफुलाई तेस्रो शक्तिका रुपमा ठान्ने नेताले पनि जनताको समस्या काँही उठाएका छैनन् । विगत ९ महिनादेखी न सरकारले काम गर्न पाएको छ न पार्टीले नै कुनै काम गरेको छ । गरेका छन्, दैनिक रुपमा गुटगत र सामुहिक बैठक गरी कसरी आफु शक्तिमा पुग्ने भन्नेमा केन्द्रीत छन् । यसैगरी सरकार र पार्टी चलाए नेकपा एकादेशको कथा बन्ने समय नआओस् भन्ने स्वयम नेकपाका नेता तथा कार्यकर्ता भन्न थालेका छन् ।
बुधबारको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले विकासका पनि एजेण्डा राखौं भनेर प्रस्ताव गर्नुभएको छ । उहाले जनताका समस्याका विषयमा भनेको भनाई यस्तो छ –
यसमा म के मात्रै आग्रह गर्न चाहन्छु भने, हामी त नेपालका ‘भाग्यमानीहरू’ भित्र पर्छौं । हामी आफैं खानलाउन पाएका, घर भएका वा घर नभए पनि घरभेटीको घरमा बस्न पाएका, नातागोता आफन्तको पनि कमसेकम बेडा पार लगाएकाहरू नै छौं । तसर्थः ‘भाग्यमानी’ छौं ! कमसेकम यति भइसकेपछि त हामीले देशको बारेमा अलिकति सोच्ने गरौं । जनताको बारेमा पनि अलिकति सोच्ने गरौं । कोभिड–१९ को महामारीका बारेमा पनि अलिकति त सोच्ने गरौं ! गरिबी कसरी हटाउने ? अशिक्षा कसरी हटाउने ? पछौटेपन कसरी हटाउने ? जनताका समस्या कसरी हटाउने ? त्यस बारेमा पनि सोच्ने गरौं । त्यतापट्टि पनि हाम्रो थोरै ध्यान मनदेखि नै जाने काम होस् । तर, हामी बहुतै चतुर खेलाडी निस्कियौं । शब्द एक प्रकारको र व्यवहार अर्कै प्रकारको ! अर्थात्, एक खालको शब्द, अर्को खालको व्यवहार गरेर चकित पारिरहेका छौं !
प्रतिक्रिया दिनुहोस्