जनता टाइम्स

२१ मंसिर २०७७, आईतवार ०५:५४

माधव नेपाललाई नयाँपत्रिका मालिक कृष्णज्वालाको सुझाव : ओलीलाई तत्कालै हटाएर तपाईं पार्टी अध्यक्ष र प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ


तपाईं समन्वय गर्ने चरित्रको नेता हुनुहुन्छ । प्रचण्डलाई प्रधानमन्त्री बनाएर तपाईं पार्टी अध्यक्ष हुने मौका चुकाउनु भयो भने कहिल्यै माथि उठ्न सक्नुहुन्न । ओलीबिरुद्ध के के गर्नु पर्छ मिडियाको तर्फबाट मैले प्रभावकारी रुपमा गरेकै छु । तपाईंको नेतृत्वमा पार्टी पुग्यो भने तपाईंलाई धेरै नै सहयोग पुग्नेगरी भूमिका निर्वाह गर्छु । कमरेड, यसपटक खुट्टा कमाउनु भएन, ओलीलाई हटाउनै पर्छ, तपाईंले पार्टीको र प्रचण्डले सरकारको नेतृत्व गर्नुपर्छ

काठमाडौं, मंसिर २१ । नेकपाभित्र बिवाद बढदै गइरहेको बेला एक दैनिक पत्रिकाका सञ्चालक खुलेरै सरकारबिरुद्ध लागेको पाइएका छ । १० बर्षमा अर्वाै कमाउन सफल हुनुभएका नयाँ पत्रिका दैनिकका सञ्चालक कृष्णज्वाला देवकोटा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री र बरिष्ठ नेता माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने अभियानका साथ सक्रिय रहको पाइएको हो ।

सरकारले कर छलीमा सो पत्रिकाका निर्देशकबिरुद्ध कार्वाही अघि बढाएपछि देवकाटा रिसले चुर भई गत साउनदेखि लगातार रुपमा नेपालस्थित बिभिन्न एजेन्सीदेखि बरिष्ठ नेता माधव नेपाललाई भेटेर सरकारबिरुद्धको अभियानमा खुट्टा नकमाउन उचाल्दै आउनुभएको सोही दैनिकमा कार्यरत नेपालनिकट एक पत्रकारले जनताटाइम्सलाई बताए । उनका अनुसार पछिल्लोसमय माधव नेपालको खास सल्लाहकार देवकोटा बन्नुभएको छ । देवकोटाले साउनयता मात्रै नेता नेपाललाई ६ पटक भेट गरिसक्नु भएको छ । प्रधानमन्त्री ओलीलार्य कू गरी महाधिवेशनअगावै अध्यक्षसहित दुवै पदबाट हटाउने योजनासहित देवकोटाले नेपालसँग भेटघाट अघि बढाएको स्रोतको भनाई छ ।

माधव नेपालप्रति जहिलेसुकै निकृष्ट टिप्पणी गर्दै आउनुभएका नयाँ पत्रिकाका अध्यक्ष तथा प्रधानसम्पादक कृष्णज्वाला देवकोटा हिजोआज निरन्तरजसो माधव नेपालको निवासमा देखापर्ने गरेको ती पत्रिकारल जानकारी दिए । माधव नेपालप्रति सद्भाव राखेर वा नेपालको राजनीति बिग्रेको कारणले नभई देवकाटा आफ्नो अस्वाभाविक सम्पत्तिका अदृश्य स्रोत पुष्पकमल दाहाल, प्रचण्डलाई प्रधानमन्त्री बनाउन कोटेश्वर दौडधूपलाई तीब्र पार्नुभएको हो । साउन यता मात्रै देवकोटाले माधव नेपाललाई ६ पटक भेटिसक्नु भएको छ । लोकमानसिंह कार्कीसँग मिलेर करोडौं कमाउन सफल देवकोटा अव प्रचण्ड र माधवको आडमा थप अर्बाै कमाउने योजनासहित लाग्नुभएको ती पत्रकारको भनाई छ ।

‘तपाईंहरुले यस पटक पनि केपी ओलीलाई सरकार र पार्टीको नेतृत्वमा राख्नुभयो भने तपाईंहरु जेल जानुहुन्छ । प्रचण्डले सरकार चलाउनु हुन्छ, उहाँले पार्टी राम्रोसँग चलाउन सक्नुहुन्न भन्ने माओवादीको बिघटनबाट नै देखिइसक्यो । त्यसैले पार्टी अध्यक्ष हुन कमरेड अघि सर्नुपर्यो, ‘एकसाता अघि भएको पछिल्लो भेटमा नेता नेपाललाई देवकोटाको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘तपाईं समन्वय गर्ने चरित्रको नेता हुनुहुन्छ । प्रचण्डलाई प्रधानमन्त्री बनाएर तपाईं पार्टी अध्यक्ष हुने मौका चुकाउनु भयो भने कहिल्यै माथि उठ्न सक्नुहुन्न । ओलीबिरुद्ध के के गर्नु पर्छ मिडियाको तर्फबाट मैले प्रभावकारी रुपमा गरेकै छु । तपाईंको नेतृत्वमा पार्टी पुग्यो भने तपाईंलाई धेरै नै सहयोग पुग्नेगरी भूमिका निर्वाह गर्छु । कमरेड, यसपटक खुट्टा कमाउनु भएन, ओलीलाई हटाउनै पर्छ, तपाईंले पार्टीको र प्रचण्डले सरकारको नेतृत्व गर्नुपर्छ ।’