जनता टाइम्स

२७ मंसिर २०७७, शनिबार १८:०४

आफ्नै मतदातालाई ढाँटेर मुख्यमन्त्री शाही भागेपछि..


कालीकोट मंसिर २७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही आफ्नै पार्टीका कार्यकर्ता र मतदाताको गुनासो सुन्न नसकेर रातारात भाग्नुभएको छ । जिल्लाका समसामयिक बिषयमा छलफल गर्न कालीकोट आइपुग्नु भएका मुख्यमन्त्री शाही पलाँता गाउँपालिकाका जनता र कार्यकर्ताको सामना गर्न नसकेर रातारात भाग्नुभएको हो ।

पलाँताको राँडुनेटामा आयोजित कार्यक्रमलाई मुख्यमन्त्री शाहीले सम्वोधन गर्ने क्रममा जनताले आफ्ना समस्याका वारेमा गुनासो गर्न थाले । भाषणकै बीचमा मुख्यमन्त्री शाहीले ‘तपाईहरुले मलाई मत दिएर जिताएको हो । म तपाईको कुरा नसुनि जाँदैन, दुई दिन लागेपनि सुन्छु र अनिमात्र जान्छु भन्दै सम्वोधनकै क्रममा भन्नुभयो । तर रातारात जनताका गुनासाको सम्वोधन गर्न असक्षम भएपछि भागेको स्थानीयले ओरोप लगाएका छन । ‘भाषणमा हाम्रा कुरा सुन्छौ भने हामीले पनि ठिक छ भन्यौं । तर रातारात भागेर पचालझरनाको वाँझकोटमा पुगेर बिद्यालयको भवन उदघाटन गरेको कुरा सुन्दा अच्चम लाग्यो,’ स्थानीय रत्नसिहं बमले गुनासो गर्नुभयो ।

जनताको बिचमा मुख्यमन्त्री शाहीले तपाईंका सबै कुरा दुई दिनसम्म सुनेर जान्छु भन्दै वोलेको कुरा ४० मिनेटको भिडियोमा सुन्न सकिन्छ । तर मुख्यमन्त्री शाही २६ गते बिहान चार वजे राडुनेटावाट थिर्पु पुगेको तथ्य नागरिकले दिएका छन । किन भागे त मुख्यमन्त्री शाही ? उनका निकटहरुको भनाई छ । पचालझरनामा कार्यक्रम थियो । के कार्यक्रम थियो भन्दा एक बिद्यालयको भवन उदघाटन गर्नुथियो । मुख्यमन्त्री शाही आएर पञ्चकालीका माबिमा चार कोठे भवन उदघाटन गरेको पनि देखिन्छ । पलाँतामा २६ गते नै गाउँपालिकाको कार्यालयमा तालावन्दी समेत गरिएको छ ।

   मुख्यमन्त्रीले कुरा नसुनि हिडेपछि आक्रोशित स्थानीयवासी पलाँता गाउँपालिकामा गर्दै । तस्विरः प्रेमराज सिम्खडा ।

मुख्यमन्त्री शाही गाउँमा आएका वेला समस्या समाधान होला भनेर सोचेका थियौं । तर उल्टै अपमान गरेर गएपछि हामीले न्यायका लागि गाउँमा तालावन्दी गर्न बाध्य हुनुपर्यो, स्थानीय मुनवहादुर बमले भन्नुभयो । उहाँले सिचाई कुलाका मुहान समेत बिक्री भएको भन्दै यसमा मुख्यमन्त्री शाहीको निर्देशनमा गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले सहमती गरेको दावी गर्नुभयो । जनताले वाढी पीडितका समस्या समाधान गर्न, पलाँता पाटी र सरकार बिचको अन्तरविरोध हल गर्न बिकासमा सम्वेदनशिल हुन र आर्थिक रुपमा पारदर्सी वन्न माग गरेका थिए ।

वर्षातको समयमा कालीकोटमा ५२ जनाको वाढी तथा पहिरोका कारण मृत्यु भएको छ भने धेरै वस्ती जोखिममा छन । तर मुख्यमन्त्री शाहीले राहत दिन्छु भनेको पाँच महिना बितिसक्दा पनि राहतको त कुरा परै छ । जनताका सामान्य समस्या पनि समाधान नगरेको र आफू र आफ्ना आसेपासको भरणपोषणमा लागेको भन्दै कालीकोटका नागरिक आक्रोशित छन ।