काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘कू’ गर्ने अन्तिम तयारी भइसकेको भन्दै ओलीले बोलाएको संबैधानिक परिषदको बैठकमा नजान बिन्त बिसाउनु तथ्य खुलेको छ ।
लामो समयदेखि रिक्त संबैधानिक निकायको पदपुर्तिका लागि प्रधानमन्त्री ओलीले बिपक्षी दलका नेतासमेत रहनुभएका कांग्रेस सभापति देउवासँगै परामर्शपछि आज संबैधानिक परिषदको बैठक बोलाउनु भएपछि सत्तारुढ दलकै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपालले हाम्रो अभियाननै तुहिन्छ, तपार्यंलाई पनि भारतले अप्ठ्यारो पर्छ भन्दै बैठकमा नजान देउवासामू बिन्ती बिसाउनु भएको हो । संबैधानिक परिषदको बैठकको एजेण्डालाई लिएर प्रधानमन्त्री ओलीले शुक्रवार देउवासँग लामोछलफल गरी नामसमेत लिनुभएको जानकारी पाएपछि प्रचण्ड र नेपालले देउवालाई बैठकमा नजान अनुनय बिनय गरेपछि कांग्रेसले आन्दोलनको बहाना बनाएर देउवा नजाने खवर पठाएको छ ।
‘हामी ओलीलाई पदबाट पार्टी र सरकार दुवैतिरबाट हटाउने अन्तिम अवस्थामा आइपुगेका छौं, त्यसैले हाम्रो सरकार बनेपछि सवै नियुक्तिमा आधा आधा गरौंला, बिन्ती छ-अहिले ओलीले बोलाएको संबैधानिक परिषदको बैठकमा तपाईं गइदिनु भएन,’ देउवासँग प्रचण्ड र माधवको बिलौना सुनाउँदै बुढानिलकण्ठ स्रोतले जनताटाइम्ससँग भन्यो । स्रोतका अनुसार प्रचण्ड र माधवले अख्तियारमा आफूहरुका लागि एक एक जना सदस्य लिएर अन्यमा देउवाले भनेकै मानिस राखिदिने आमा बाबु र छोराछोरीको नाममा कसमसमेत खानुभएको छ । संवैधानिक निकायमा कांग्रेसले अहिले बढी सिट पाउने अवस्था रहेको भएपनि आधा आधा पाउने प्रस्तावले देउवा नजाने निश्कर्षमा पुग्नुभएको हो । तर, कांग्रेस नेताहरूले भने सोमबारको आन्दोलनको कार्यक्रमलाई लिएर सभापति देउवाले परिषद् बैठकमा नजाने निर्णय लिएको बताएका छन ।
देउवासँगको कुराकानीमा प्रचण्ड र माधव दुवै जनाले ओली हटाउने आफूहरुको मिशनमा भारतको पुरापुर सहयोग रहेको खुलासासमेत गर्नुभएको स्रोतको दावी छ । ‘गोयलले ओलीलाई भेटेर गए पनि हामीलाई नै भारतको पूरापूर साथ छ भन्ने कोणाट दुवै नेताले देउवालाई बैठकमा नजान र केही महिनापछि नै आफूहरुको नेतृत्वमा सरका बन्ने बताएर आधा-आधा गरौंला भन्नुभएको छ, त्यही भएर सभापति अव ओली हटने निश्चित भएछ भनेर नजाने जानकारी बालुवाटारमा पठाउनु भएको हो,’ देउवा निकट एक नेताले जनताटाइम्ससँग भने ।
संविधानको धारा २८४ अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको परिषदमा विपक्षी दलको नेता, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश सदस्य हुने ब्यवस्था छ । उपसभामुख चयन भइनसकेकाले अहिले परिषद्को सदस्य संख्या पाँच मात्रै छ । प्रचण्ड र माधवले सभामुख अग्निसापकोटालाई समेत बैठकमा नजान उर्दी जारी गरेको छ । यद्यपी सभामुख सापकोटाले केही निर्णय लिनुभएको छैन । पटक पटक बैठकमा नजाने देउवाकै कारण संविधानले पहिलोपटक संवैधानिक हैसियत दिएका आयोगहरूसमेत संविधान जारी भएको पाँच वर्षसम्म पनि गठन भएका छैनन् । हाल १३ वटा संवैधानिक निकाय छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, मधेसी आयोग, लोकसेवा आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलगायत संवैधानिक निकायमा अहिले प्रमुखसहित ४५ पद रिक्त रहेका छन । प्रधानमन्त्री ओलीले संबैधानिक निकायमा पदपुर्ति गर्ने निश्कर्षका साथ आज बैठक बोलाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्