जनता टाइम्स

२८ मंसिर २०७७, आईतवार १६:२३

आज देशभर ५१८१ को पिसिआर परीक्षण गर्दा ८३० जनामा पुष्टि, काठमाडौंमा ३४८ संक्रमित


काठमाडौं, मंसिर २८

पछिल्लो २४ घण्टामा देशभर ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गत २४ घण्टामा ५१८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ३१ हजार ४१ पुगेको छ। काठमाडौं उपत्यकामा ३४८ जनामा संक्रमण पुष्टि भएको हो । एकै दिन ८ सय ३० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ८४ हजार ४ सय २३ पुगेको छ।

उपत्यकाको काठमाडौंमा २५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ गरी ३४८ जना नयाँ संक्रमित थपिएका हुन् । संस्थागत आइशेलसनमा ४७६२ जना रहेका छन् । आज नेपालभर १०९९४ जना संक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा संक्रमणमुक्त भई १५०० जनालाई स्वास्थ्यलाभ भएको छ । हालसम्म नेपालमा २ लाख ३५ हजार ७३१ जनाले कोरोना संक्रमण जितेर घर फर्किनुभएको छ । ९४.९ प्रतिशतलाई स्वास्थ्यलाभ भएको छ ।

नेपालमा एकैदिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १५ जना संक्रमितको मृत्यु भएको थियो। हाल ५ सय १६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। देशभर ५२ जना भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ ।