काठमाडौं, पुष ३
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढिरहँदा एक समुहले कांग्रेसको समर्थन चाहेको खुलेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटगरी आफुहरुलाई समर्थन गर्न आग्रह गरेको हो ।
माइतिघरमा धर्नामा बसेका उखु किसानलाई समर्थन गरेपछि पौडेल गाडी चढेर प्रचण्ड र नेपाललाई भेट्न पुगेका थिए । प्रचण्ड–नेपालपनि पेरिसडाडाँमा गुटको भेला सकेर पौडेल भेटन आएका थिए । तीन नेताबीच नयाँ बानेश्वर आसपास एक व्यापारीको घरमा भेटवार्ता भएको स्रोतको दाबी छ । भेटमा पौडेललाई आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कदम चालिरहेकाले त्यसमा आउन सक्ने कुनै पनि कदममा आफुहरुलाई साथ दिन आग्रह गरेका थिए ।
दुवै नेताले कांग्रेस सभापति शेरबहादुर देउवाको भर नभएकाले उहालाई नियन्त्रणमा राख्न पनि अनुरोध गरेका छन् । ‘केपी ओलीलाई हामी तह लगाउने तयारीमा छौं, तर कांग्रेसले ओलीलाई नै साथ दिने देखिएको छ, तपाईले त्यसलाई रोकेर हामीतिर समर्थन गरिदिनु पर्यो’, नेता नेपालको भनाई उदृत गर्दै स्रोतले भन्यो । यद्यपी भेटलाई दुवै पक्षले गोप्य राख्न खोजेका छन् ।













प्रतिक्रिया दिनुहोस्