जनता टाइम्स

७ पुष २०७७, मंगलवार ११:४३

नेकपाद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा


काठमाडौं, पुष ७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको केन्द्रीय समितिको बैठकले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको हो ।

त्यसमा १९७ जना पछि थप गर्ने अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकमा सुनाउनु भएको छ । बैठकमा दोस्रो नम्वरका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गर्दै छुट्टै भेला गर्ने जनाएको छ ।