जनता टाइम्स

९ पुष २०७७, बिहीबार १२:१८

नेकपा ओलीकै पक्षमा उभिए गृहमन्त्री बादल


काठमाडौं, पुस ९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपा पक्ष रोज्नुभएको छ । मंगलबार र बुधबार प्रधानमन्त्री ओलीसँगको विस्तृत छलफलपछि उहाँले ओली पक्ष रोजेको बताइएको छ ।

यसअघि नेकपा बिभाजन भएपछि कुनै पक्षको भेलामा उपस्थित नभएका बादलले दुवै पक्षसँगको छलफलपछि ओली पक्षलाई रोज्नुभएको हो ।