काठमाडौं, पुष ९
प्रतिनिधिसभा विघठनपछि नेपाली कांग्रेसमा निर्वाचनमा जाने अधिकाशं केन्द्रीय सदस्य सहमत भएका छन् । तर, निर्वाचन हारेका र फेरी पनि हार्ने निश्चित जस्तै भएका वरिष्ठ नेता रामचन्द्र पौडेल भने सडक आन्दोलनमा जानुपर्ने पक्षमा देखिनु भएको छ ।
पौडेलकै पक्षमा देखिनु भएका गगन थापाले भने यसअघि नै सर्वोच्च अदालते के फैसला गर्छ होइन् कांग्रेसले यो फैसला गर्यो त्यही अनुसार गर भनेर दवाव दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिईसक्नु भएको छ । तर, यहाँ भित्री कुरा बुझ्न केही तथ्य राख्नुपर्ने हुन्छ ।
उखु किसानको धर्नामा बसेर उठ्नु भएका पौडेल र प्रचण्ड–नेपालबीच गोप्य छलफल भएको थियो । सो छलफलका विषयमा दुवै पक्षले केही नबताएपनि पौडेललाई प्रचण्डले राष्ट्रपति बनाउने आश्वासन दिनु भएको छ । उहाले आफुलाई प्रधानमन्त्रीमा सहयोग गरे राष्ट्रपति बनाउने बचन दिनु भएको हो ।
राष्ट्रपति कसरी बनाउने भन्ने बारेमा दुवै पक्षले बुझ्न र बुझाउन सकेका छैनन् । तर, प्रचण्ड–नेपाल पक्ष संसद ब्युतिए राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने पक्षमा अडिग छन् । महाअभियोग लगाएपनि संसदको दुईतिहाई मतले त्यसलाई पारित गर्नुपर्छ । प्रचण्ड–नेपाल पक्षले दिएकै सांसदको आकंडालाई मान्ने हो र ओली पक्षको नेकपा बाहेक अन्यले त्यसलाई समर्थन गर्ने हो भने पनि दुई तिहाई पुग्दैन ।
कांग्रेसकै कतिपय नेतापनि जनताबाट रामचन्द्र दाई पराजित हुने देखेर राष्ट्रपतिको लालसामा फसनु भएको बताउछन् । पौडेललाई तनहुँबाट चुनाव जित्न किन पनि सजिलो छैन भने त्यहा गोविन्दराज जोशी समेत रहनु भएको छ । जोशी र पौडेलबीच ३६ को सम्बन्ध रहेको र ओली पक्षका सांसद किसान श्रेष्ठको त्यहा दह्रो पकट रहेको छ । त्यसैले पनि पौडेल निर्वाचनमा जान डराउनु हुन्छ ।
अब नेपाली कांग्रेसको केन्द्रीय समितिको संख्याको कुरा गर्ने हो भने त्यहा देउबा स्पष्ट बहुमतमा हुनुहुन्छ । उहा मुद्धा सर्वोच्च अदालतमा परिसकेकाले त्यहीबाट कानुनी उपचार हुने भएकाले निर्वाचनको तयारीमा अहिलेबाट जुट्नुपर्ने पक्षमा हुनुहुन्छ । तर, पौडेल केन्द्रीय समितिमा अल्पमत भएकाले त्यसभन्दा बाहिरैबाट आन्दोलन थाल्नुपर्ने भन्दै आफु पक्षिय भेला गर्न थाल्नु भएको छ ।
संसद ब्युताउने अन्तिम अस्त्र भनेको अहिले अदालत नै हो । जनता सडकमा आएर संसद ब्युतिएला भन्ने सम्भावना अत्यन्तै न्युन छ । किनकी जनता अहिले कुनै पनि पार्टीको झण्डा बोकेर सडकमा आउन तयार छैनन् ।













प्रतिक्रिया दिनुहोस्