काठमाडौं, पुस ९
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीले अतिक्रमण गरेको हाम्रो भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको प्रष्टिकरण दिनुभएको छ ।
बालुवाटारमा जारी आफू नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड पक्षका नेताहरुलाई छचण्डाएर हिँड्नुको साटो आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताउनुभयो ।
उहाँले प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई अध्यक्षबाट निकाल्नु भनेको चेस खेल्ने खेलाडीले हात्ती खाएँ भनेजस्तै हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको आरोप लगाइयो । संविधान बनाएबापत नाकाबन्दी लाग्यो । नाकाबन्दीको सामना गरेबापत मलाई घेराबन्दीमा पारिएको थियो ।’













प्रतिक्रिया दिनुहोस्