काठमाडौं, पुष १०
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुमाथिको प्रारम्भिक सुनुवाई संवैधानिक इजलासमा शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गठन गरेको पाच सदस्यीय इजलासमा आज रिट निवेदकहरुको तर्फबाट बहस हुनेछ ।
दुवै पक्षका बहस र राय सुन्नुपर्ने भएकाले सुनुवाई केही दिन लम्बिन सक्ने सर्वोच्च स्रोतले जनाएको छ । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहनु भएको छ ।
प्रारम्भिक सुनुवाईका लागि गठित इजलासप्रति रिट निवेदक अधिवक्ताहरुले आपत्ति जनाएका छन् । संवैधानिक इजलासमा सुनुवाई शुरु भए लगत्तै उठेर बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलासमा राखिएका चार न्यायाधीशहरुको सन्दर्भमा आपत्ति जनाउनु भएको हो । ‘यो इजलास गठनप्रति हामीलाई शंका भएको छ’ उहाले भन्नुभयो । इजलासमा हुने सुनुवाई भन्दा पनि उहाले शुरुमै आफ्नो पक्षमा निर्णय नआए मान्दैनौ भनेर धम्की दिन खोज्नु भएको थियो ।
संवैधानिक इजलासका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीशले इजलासप्रति आशंका नगर्न आग्रह गर्नुभएको छ । उहाले न्यायलयप्रति विश्वास राख्न आग्रह गर्नुभएको थियो । स्रोतका अनुसार वकिलहरुको लामो लिष्ट रहेकाले अन्तिम निर्णय आउने केही समय लाग्ने देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्