काठमाडौं, पुष १०
नेपाली कांग्रेसले सर्वोच्च अदालतमा मुद्धा परेकाले त्यस विषयमा अहिले अदालतलाई दबाव दिन नमिल्ने स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापनाको एजेण्डा पार्टीले नबोक्ने पनि स्पष्ट पारेका छन् ।
केन्द्रीय समितिको शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेण्डा संसद पुनःस्थापना हुनुपर्ने बताउनु भएको थियो ।
केही दिनदेखी बैठकमा चर्काचर्की चलिरहेका बेला पौडेललाई जवाफ दिने क्रममा देउवाले संसद पुनःस्थापना एजेण्डा बन्न नसक्ने स्पष्ट पारिदिएको एक नेताले जानकारी दिनुभयो । ‘संसदको विषय अदालतमा छ । अहिले त्यसबारेमा कुरै हुँदैन’, देउवाको भनाई उदृत गर्दै ति नेताले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्