काठमाडौं, पुष १३
पूर्वप्रधानमन्त्री एंव नेकपाका एक समुहका अध्यक्ष माधवकुमार नेपाल प्रोटोकल मिच्दै चिनियाँ कम्युनिष्ट पार्टीका नेता भेट्न एक पाँच तारे होटल पुग्नु भएको छ । कुटनीतिक प्रोटकलअनुसार कुनै पनि पूर्वप्रधानमन्त्रीले कुनै नेता भेट्नु परेमा आफ्नै निवासमा बोलाउनुपर्छ । निवासमा नभेटे पार्टी कार्यालयमा भेट्नु कुटनीतिक हिसाबले उपयुक्त मानिन्छ ।
नेकपा विभाजन रोक्ने प्रयासका लागि चीनिया राष्ट्रपतिको सन्देश लिएर काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधिमण्डलले विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उहाकै निवासमा भेटेपनि नेपालसँग भने होटलमा छलफल गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले दाहाललाई भेटेपछि नेपाललाई भेट्न बानेश्वर पुगेका थिए । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भएको छलफलमा नेकपामा देखिएको विवाद र फुटसम्म पुग्न लागेको विषयमा कुराकानी भएको छ ।
करिब डेढ घण्टा लामो छलफलमा कसरी नेकपालाई एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा छलफल भएको स्रोतको दावी छ । त्यसअघि आज विहानै प्रचण्ड निवास खुमलटारमा पुगेको टोलीले त्यहापनि सोही विषयमा कुराकानी गरेको थियो । भेटमा नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी पनि सहभागी थिइन् । चिनियाँ टोलीले पहिलो चरणमा सबैको कुरा सुन्ने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्