जनता टाइम्स

१३ पुष २०७७, सोमबार १४:१०

रावल कमरेड ! यो तथ्यलाई खण्डन गर्न सक्नुहुन्छ ?


०५५ सालमा काँग्रेस–एमालेको सरकारमा पर्यटनमन्त्री भएका भीम रावललाई भ्रष्टाचार गरेको आरोप लागेको थियो । रावलले बिकेमान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिनाटेण्डर चाइना साउथवेस्ट एयरलाइन्ससँग विमान भाडामा लिने सम्झौता गरेका हुन । त्यसमा निगमले २२ करोड घाटा ब्यहोरेको थियो । सोहीवर्ष नारायण ढकाल, योगेश भट्टराई, घनश्याम भुसाललगायतले भीम रावललाई चाइना साउथवेस्टमा भ्रष्टाचार गरेको ‘५१ जना अपराधका’ सुचीमध्ये आठौं नम्बरमा रावललाई राखेका थिए उनीहरुका किताबमा

महेन्द्र पौडेल

नेकपाको आन्तरिक विवाद चर्किएपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली एकातिर, पार्टी बिभाजनकारी समुहको पहिचान पाएको पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल समुह अर्काेतिर रहेको छ । एक समुहले अर्को समुहलाई आरोप प्रत्यारोप लगाइरहेका छन । संस्थापनबाट छुट्टै समुह बनाउनु परेको पीडा पनि हुनसक्छ, आरोपको बर्षा गर्नेमा प्रचण्ड–माधव समुह निकै अगाडि देखिएको छ । ओली समुह संयमित देखिन्छ ।

यहीबीचमा बेलाबेलामा प्रधानमन्त्री ओलीसँग सिधै टक्कर लिन नसकेपछि प्रचण्ड–माधब समुहका नामले चिनिएका पूर्वमन्त्री भीम रावलले एउटा अनलाईनमा ‘रेललाई कात्रो ओढाई राखिएको’ भनेर आफूलाई चर्चामा ल्याएका छन् । कहिले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ज्यान मार्ने धम्कि’ दिएको भनेर चर्चामा ल्याउँछन् । यतिबेला रावलले प्रधानमन्त्रीलाई तारो हानेर निशाना रेल्वेका महाप्रबन्धक गुरु भट्टराइमाथि साँधेका छन । यसैपनि विखण्डन र अस्थिर राजनीतिमा प्रचण्ड जसरी रमाउने बानी परेका भीम रावललाई चिन्न टाढा जानु पर्दैन । उनका गतिविधि हेरे पुग्छ । प्रधानमन्त्री ओलीले बिखण्डनकारी नामले चिनिएका सीके रावतलाई सुधारेर राष्ट्रिय राजनीतिमा ल्याउन सम्झौता गर्दै गर्दा रावलले निकै चर्काे विरोध गरे । यदि कोही कसैलाई सुधार्न र सुध्रिन मौका दिन नहुने भीम रावलको मत थियो ।

किन रिसाए प्रधानमन्त्रीसँग भीम रावल ?

प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवीसँग भीम रावल पनि चर्चामा थिए । संबिधान जारी भएलगत्तै ०७२ सालमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री नियुक्त भैसकेपछि भीम रावल ओलीका विश्वास पात्र थिए । प्रचण्ड र नेपाली काँग्रेससँग ‘डील’ गर्नुपर्दा ओलीले रावललाई अघि सार्थे । भारतले नाकाबन्दी गरेको बखत पनि ओलीलाई रावलको साथ थियो । त्यतिबेला पार्टीका उपाध्यक्षसमेत रहेका रावल प्रचण्डका कडा आलोचक थिए । पार्टी एकीकरण भएपछि आफूलाई सचिवालयमा राख्न रावलले ओलीलाई भने । विष्णु पौडेल नारायणकाजीहरु पर्दा आफू पनि पारिनुपर्ने रावलको रायलाई ओलीले टेरेनन । त्यसपछि रावल ओलीको कडा विरोध गर्नमा उत्रे ।

नम्बरी भ्रष्टाचारी भीम रावल ?

०५५ सालमा काँग्रेस–एमालेको सरकारमा पर्यटनमन्त्री भएका भीम रावललाई भ्रष्टाचार गरेको आरोप लागेको थियो । रावलले बिकेमान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिनाटेण्डर चाइना साउथवेस्ट एयरलाइन्ससँग विमान भाडामा लिने सम्झौता गरेका हुन । त्यसमा निगमले २२ करोड घाटा ब्यहोरेको थियो । सोहीवर्ष नारायण ढकाल, योगेश भट्टराई, घनश्याम भुसाललगायतले भीम रावललाई चाइना साउथवेस्टमा भ्रष्टाचार गरेको ‘५१ जना अपराधका’ सुचीमध्ये आठौं नम्बरमा रावललाई राखेका थिए उनीहरुका किताबमा ।

किताबकाअनुसार चाइना साउथ एयरलाइन्ससँग प्रतिउडान घण्टा २५ सय ५० डलर पर्नेलाई ३१ सय ५० डलरमा एक वर्षका लागि सम्झौता गरी १४ करोड रुपियाँ कमिसन खाएको लेखिएको थियो । सो कुराको विरोध गर्ने पाइलटलाई भीम रावलले कारवाही गरे । पाइलटहरु हडतालमा उत्रे, जसबाट नेपाल एयरलाइन्सलाई ५० करोड घाटा भएको जनाइएको छ ।

माधव नेपालसँग मिलेमतोमा करोडौं कुम्लाए

सो समयमा माधवकुमार नेपालसँग मिलेर रावलले ६ करोड घुस खाएको आरोप योगेश र घनश्यामहरुको आरोप थियो । नारायण ढकालहरुको ‘५१ अपराध’ भनेर लेखिएका किताबको १७ नम्बरमा भनिएको छ, ‘काँग्रेसी सरकारले दिनेश धमिजालाई आरएनएसीको युरोपको २ वर्षका लागि दिएको जिएसएबाट संस्थानलाई ठूलो घाटा भएको थियो । पछि भीम रावल मन्त्री बनेपछि मुद्धा मिलापत्र गराउने नाममा ६ करोड घूस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्नुपर्ने पारी संस्थानलाई डुबाई सो रकम पनि पार्टीमा नबुझाई महासचिब माधव नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टाचार गरे’ भनिएको छ ।

भीम रावल र माधव नेपाल अमेरिकी गुप्तचर संस्थाका सुराकी

यसैगरी सोही किताबको १८ औं नम्बरमा ‘तत्कालीन पर्यटनमन्त्री भीम रावलले माधव नेपालको निर्देशनमा नेपालका तीनवटा हिमशिखर आरोहण गर्ने नाममा त्यहाँ अत्याधुनिक उपकरण जडान गरी साम्राज्यबादलाई चीनबिरुद्ध जासुसी गतिविधि सञ्चालन गर्न चार लाख अमेरिकी डलर कमिसन खाई अमेरिकी गुप्तचर संस्था सिआइएलाई स्वीकृति दिई साम्राज्यबाद र प्रभुत्ववादको निर्देशनमा चीनविरोधी क्रियाकलाप गर्ने वातावरण मिलाई दिए’ यसरी भीम रावलको पर्दा पछाडिको खेल सार्वजनिक भएको थियो । अहिले तिनै योगेश भटृराई, घनश्याम भुषाल र भीम रावल तीनै जना माधव–प्रचण्ड गुटमा छन ।

विश्वका संवेदनशील दस्ताबेजहरु प्रकाशित गर्ने संस्था विकिलिक्सले नेपालमा रहेको अमेरिकी दूतावासलाई सहयोग पुर्याउने वा घनिष्ट सम्बन्ध राख्ने केही नेताहरुको नाम सार्वजनिक गरेको थियो । त्यसमा भीम रावलको पनि नाम थियो । रावलले अमेरिकीहरुलाई सहयोग गर्थे वा गरेनन आधिकारीक भने छैन । यद्यपि अहिले एमसीसीको बिरोध गरेबाट यो तथ्य भ्रमपुर्ण भने देखिन्छ ।
पटकपटक गरी सात पटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भैसकेका रावलले खासै प्रभावकारी काम भने गर्न सकेका छैनन । रक्षामन्त्री जस्तो जिम्मेवारी सम्हालेका रावलले राष्ट्रियताको विषयमा खरो उत्रेपनि मन्त्रालयमा जिम्मेवारी पाउँदा चुप बस्ने गर्दछन् । जस्तो कि भारतले कालापानी, लिम्पुवाधुरा र लिपुलेक आफ्नो नक्सामा पार्दा केही कदम चाल्न सकेनन । भारतीय सेनाले कालापानी कब्जा जमाउँदा रावल रक्षामन्त्री थिए, उनले कुनै चाँसै दिएनन । जब उनी सत्ताबाहिर रहे तब उनको स्वर राष्ट्रवादी रुपमा देखापर्यो ।

प्रधानमन्त्री रिस रेल्वे महाप्रबन्धकमाथि

नेपालीमा एउटा उखान छ ‘सौताको रिसले लोग्नेको काखमा सुसु गर्ने’ वा प्रधानमन्त्रीसँगको रिस उनले रेल विभागका महाप्रबन्धक गुरु भटृराइमाथि पोखेका छन् । सनिवार उनले एउटा मिडियामा ‘रेललाई कात्रो ओढाएर राखिएको’ भनेर आलोचना गरे । जयनगर–बर्दिबास ६९ किमि रेल संचालनका लागि महाप्रबन्धक भट्टराई चौबिसै घण्टा खटेको यस पंक्तिकारलाई थाहा छ । पेशाले इन्जिनियर भट्टराइले बिदेशमा महिनाको बीस लाख आउने आकर्षण जागिर छाडेर देशको सेवाका लागि फर्केका हुन । यस्तो मान्छेलाई ओलीले मौका दिएका थिए । सो मौकालाई सदुपयोग गर्न उनी रेल ल्याउन रातदिन भोकभोकै खटेका छन् । उनीसँग हिड्ने हरकोही भोकै मर्नुपर्ने हुन्छ भन्ने कुरा हिड्नेलाई थाहा छ । ओलीका पक्षमा नभई यथार्थ र तथ्यका आधारमा खरो टिप्पणी गर्ने भटृराईमाथि खनिनु मुतको न्यानो मात्र हो ।

नेपालले रेल अर्डर गरेको २१ मार्च २०१९ मा हो । ९ महिनामा रेल तयार भएपनि तत्कालिन मन्त्रीले वास्तै गरेनन । भीम रावल संसदीय समितिमा थिए, उनले त्यस विषयमा आवाजै उठाएनन, तयारी रेल थन्किरह्यो । रेल संचालन गर्नुअघि प्राबिधिक कर्मचारी, रेल सर्भिसिंग गर्ने ब्यबस्था, रेलमार्ग मर्मत, उपकरण, रेल चलाउन आवश्यक जनशक्ति, अफिस, ब्यापारिक योजना आदिबारेमा कहिल्यै सोच्दै नसोच्ने तर दुई–दुई वर्षसम्म वास्तै नगर्ने जब गुरु भट्टराइको नियुक्ति भयो, त्यसपछि यी विविध विषयमा नियुक्तिदेखि अन्य क्षेत्रमा अहोरात्र काम गरिरहँदा उनको कामका बारेमा फिल्डमा नगई सतही टिप्पणी गर्नु उनको बौद्धिक दरिद्रता हो । एउटा कर्मचारी पनि नभएको कार्यालयमा ६ महिनाअघि नियुक्त भएका एउटा मान्छेले रेल नेपालमा ल्याएर अन्य प्राबिधिक समुह बनाउँदै गर्दा आलोचना गर्नु नेपालमा केही काम नै नहोस भन्ने कामना गर्नु हो ।

आफ्ना जिल्लामा सिन्को नभाँच्ने ?

भीम रावलले प्रश्न उठाउँदा उनीमाथि पनि प्रश्न उठ्न सक्छ भन्नेकुरा किन भएन? सुदूरपश्चिमका नेता पार्टीका उपाध्यक्ष र रक्षा, गृहमन्त्रीसमेत गरी सात पटक मन्त्री भएका रावलले ६० वर्षदेखि त्यस क्षेत्रमा भारतले मिचेको सीमाका बारेमा कहिल्यै बोलेनन । बरु ऋषिराज लुम्सालीहरु बोले । मुलुकको सबैभन्दा बढी एचआइभी पोजेटिभ भएको उनको जिल्ला हो जहाँउ नले स्वास्थ्यसम्बन्धी केही कामै गरेका छैनन । त्यस जिल्लामा छाउपढी, कुपोषण, अन्धविश्वास र बालबिबाहले जकेडेको जिल्ला हो । त्यसक्षेत्रमा रावलको कुनै योगदान गरेको देखिएको छैन । आफ्नो जिल्लामा सिन्को नभाँच्ने, जनताको पक्षमा कुनै काम नगर्ने रावल काठमाडौंतिर भने खोक्नुको कुनै अर्थ छैन ।

रेलको गति

अहिले जयनगरमा प्लेटफर्म निर्माण गरेर कर्मचारी आवासगृह बनाइ सकिएको छ । रेलमार्ग पर्ने नेपाल पक्षको खजुरी, बैदेही, महिनाथपुर, जनकपुर, कुर्था, खुटृापिपराढी, लोहरटृी भङ्गाहालगायत गरी एक दर्जन स्टेशनहरु बनाइँदै छ । रेल संचालनमा ल्याउन सन २०१० मा भारत र नेपाल सरकारबीच सम्झौता भएको हो । सम्झौता भएको १० वर्षसम्म कानमा तेल हालेर बसेका सरकार र सम्बन्धित मन्त्रालयहरु जब भट्टराइको नियुक्ति भयो, त्यसपछि मात्रै गति लिन थालेको हो ।