जनता टाइम्स

१४ पुष २०७७, मंगलवार १४:४९

महासचिव बिनाको प्रचण्ड–नेपाल गुटको नेकपा, दुई पूर्व गुटको विवादले चयन प्रक्रिया अवरुद्ध


काठमाडौं, पुष १४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुह विधानले मुख्य जिम्मेवारी दिएको महासचिब बिना नै चलिरहेको छ । अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएको सो समुहले तत्कालै माधवकुमार नेपाललाई दोस्रो नम्बरको अध्यक्ष बनायो ।

नेपाल पनि आफ्नो पुरानो योजना एकीकृत नेकपामा नभएपनि फुटको नेकपामा पुरा भएको भन्दै तत्कालै अध्यक्ष बन्न राजी हुनुभयो । तर, विधानले खोजेको महासचिव भने सो पक्षले अहिलेसम्म बनाउन सकेको छैन । अध्यक्षसँग महासचिव पनि एकैपटक घोषणा गर्ने तयारी गरेपनि महासचिवमा पूर्व समुहको दबाब परेपछि रोकिएको छ । गठनकै भोली पल्ट कसलाई महासचिव बनाउने भन्नेमा सो समुहमा रडाको मच्चिएको थियो ।

केन्द्रीय कमिटीको बैठक बस्नु अघि गौशालाको एक होटलमा शिर्ष नेताबीच एक प्रकारको सहमति जुटेको बताइएपनि त्यो केही समयमै भाडिएको थियो । विशेषगरी पूर्व माओवादी कि एमाले कुन समुहबाट महासचिव बनाउनेमा लडाई जारी छ । विशेषतह सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने सहमति बनेपनि भिम रावल, वर्षमान पुन, जनार्दन शर्माले विरोध गरेपछि रोकिएको छ ।

पार्टीमा जतिबेला पनि विभाजन आउन सक्ने भन्दै महासचिव आफुहरुसँगै राख्नुपर्ने दवाब उनिहरुले प्रचण्डलाई दिएका छन् । पार्टी सदैव एकनास नहुने र अहिलेको समुहमा पूर्वमाओवादीको पल्ला भारी रहेकाले आफुहरुले नै राख्नुपर्ने दवाव उनिहरुको छ । त्यसपछि प्रचण्डले महासचिव छान्ने कुरा अहिलेलाई रोकौं, पहिला सरकार ढालेर आफुहरुको बनाउ अनि यो विषयमा छलफल गरौला भनेर रोकेका थिए ।

सोही छलफलपछि केन्द्रीय कमिटीले महासचिव छनौटको जिम्मा स्थायी कमिटीलाई दिएको छ । तर, स्थायी कमिटीको बैठक कहिले बस्छ र महासचिव नियुक्ति कहिले हुन्छ कसैलाई पनि थाहा छैन । पार्टी उत्पन्न भएदेखी विवादमा फसेको सो समुह एकताबद्ध भएर धेरै लामो समय नटिक्ने स्वम सोही समुहका नेताहरु बताउछन् । अहिले एक अर्काको स्वार्थ मिलेको र एकलाई अध्यक्ष एंव अर्कोलाई प्रधानमन्त्री चाहिएकाले मात्रै एक ठाँउमा देखिएको ति नेताको भनाई छ ।