काठमाडौं, पुस २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन नसकेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लागेर अलग समुह बनाउनु भएका बरिष्ठ नेता माधवकुमार नेपालमाथि प्रचण्डबाट अर्काे घात भएको छ । केपी ओलीसँग महाधिवेशनमा अध्यक्षमा पराजीत भएको कारण महाधिवेशन अगावै सोही पद चाहिने हठका कारण अलग समुह खडा गरी अध्यक्ष भनिदिए पनि ब्यवहारमा माधव नेपाल अध्यक्ष नरहेको चौथो प्रमाण दिएर प्रचण्डले उहाँको औकात देखाइ दिनुभएको हो ।
आइतवारको बैठकपछि प्रचण्डको पार्टीमा नेपाल हैसियतबिहीन रहेको प्रष्ट प्रमाण मिलेको छ । प्रचण्डले बैठकबाटै गरिदिए माधव नेपाल अध्यक्ष नरहेको प्रमाणिकरण गरिहिदनु भएको छ । पहिलो पटक नेपाल भ्रमणमा आएको चिनियाँ टोलीसँग माधव अध्यक्ष नरहेको तर त्यही पद चाहिन्छ भनेपछि चित्त बुझाउनका लागि भनिदिएको बताउनु भएको प्रचण्डले भृकुटीमण्डपको बिरोधसभामा तेस्रो बरियतामा रहेको संकेत गर्नुभएको थियो । त्यहाँ उहाँले नारायणकाजी श्रेष्ठपछि माधवको नाम लिएर अध्यक्ष नरहेको जनाउ कार्यकर्ता पंक्तिलाई दिनुभयो । त्यसपछि उहाँले आफू एकल अध्यक्ष रहेको जनाउ दिन बक्तब्य जारी गर्नुभयो । जहाँ माधवलाई स्थान दिनुभएन ।
आइतवारको स्थायी कमिटी बैठकबाट त कार्यदल संयोजक तोकेर प्रचण्डले आफ्नो पार्टीमा माधवको हैसियत के हो भन्ने दुनियाँसामू खोलिदिनु भएको छ । अध्यक्ष प्रचण्डले माधव नेपाललाई एकता कार्यदलको संयोजक तोकेर स्पष्ट रुपमा अध्यक्ष नभई आफूलाई सघाउने सहयोगीको रुपमा स्थापित गर्नुभएको प्रचण्ड निकट एक नेताले जनताटाइम्सलाई जानकारी दिए । आइतवार बसेको सो समुहको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम गर्न र विभिन्न तहमा पदाधिकारी थप्ने गृहकार्यको लागि नेता नेपालको संयोजकत्वमा १० सदस्य कार्यदल गठन गरेको हो ।
नेपाल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणी पोखरेल, गोर्कण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे सदस्य हुनुहुन्छ । कार्यदल संयोजक बनेपछि नेपाल पार्टी अध्यक्ष नरहेको तथ्य स्पष्ट रुपमा बाहिर आएको छ । निर्वाचन परिचालन र महाधिवेशन आयोजक समितिबाहेक अध्यक्ष कार्यदल संयोजक हुँदैनन । प्रचण्डले चलाखीपुर्ण रुपमा माधवलाई संयोजक तोकर हैसियत अध्यक्षको होइन भन्ने प्रमाण दिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्