जनता टाइम्स

२१ पुष २०७७, मंगलवार १४:०८

शौरभको खुलासा : लिपुलेक–कालापानी नक्सामा हालेबापत प्रधानमन्त्री ओलीबिरुद्ध लाग्नैपर्ने बाध्यता माधव–प्रचण्डमा देखियो


काठमाडौं, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि भारतले हडपेको नेपाली भूमि लिपुलेक–लिम्पियाधुरा र कालापानीलाई फिर्ता ल्याउने अठोटसहित नेपालको नक्सा जारी गरेपछि नै पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालले उहाँको बिरुद्धमा लागेको तथ्य बाहिर आएको छ ।

बरिष्ठ लेखक तथा इतिहासविद शौरभले टेलिभिजन अन्तवार्तामा यस्तो खुलासा गर्नुभएको हो ।सरकारले गत जेठमा संसदबाट सर्वसम्मत रुपमा नक्सा पारित गरी जारी गरेको थियो । नेपालको नक्सा जारी गर्ने बिषयमा समेत भारतले केही समय पर्खन भनेको भन्दै प्रचण्ड र माधवले प्रधानमन्त्री ओलीलाई ढिलाइ गर्न दवाव दिएको तथ्य त्यसबेला नै आइसकेको छ । अनुसनधानकर्तासमेत रहनुभएका शौरभले आफ्नो निश्कर्ष सुनाउँदै प्रचण्ड र माधवले नक्सा जारी गरेको बदला नै ओलीमाथि लिन खोजेको प्रष्ट पार्नुभएको छ ।

‘भित्र अनेक कुराहरु होलान तर तथ्य अर्कै छ, मलाई लाग्छ पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालको समस्या के हो जस्तो मलाई लाग्छ भने केपी ओलीले लिम्पियाधुरा र कालापानीलाई जुन नक्सामा हाल्नुभयो नि, त्यो हाले बापत चाँहि छिर्के हान्नै पर्ने उहाँहरुको कतैको बाध्यता भयो,’ नेकपाभित्रको बिवाद र प्रचण्ड–माधवको यथार्थ खोल्दै शौरभले आफ्नो निश्कर्ष सुनाउनु भएको छ । प्रचण्ड र माधव समुहले नक्सा जारी गर्ने बिषयमा सरकारले गृहकार्य अघि बढाएकै बेला गत बैशाखमै सरकार परिवर्तनको खेल अघि बढाएको थियो ।

भारतको निर्देशनमा प्रचण्ड र माधवले अभियान चलाएको तथ्य बाहिर आएपछि चरम रोकिए पनि कात्तिकबाट फेरि अभियान तीब्र बनाइएको थियो । नक्सा जारी भई भारतसँग नेपाली भूभिाग फिर्ताको बार्ता अघि बढेपछि प्रचण्ड र माधवले सो अभियान तुहाउन प्रधानमन्त्री हटाउने खेल खेल्नुभएको हो । सो अभियान रोक्न प्रधानमन्त्री ओलीले संसद बिघटन गरेपछि सो समुह पार्टीबाटै अलग भएर समानान्तर गतिबिधि गरिरहेको छ । नक्साकै कारण पार्टी बिभाजनसम्म पुगेको तथ्यहरु बिस्तारै बाहिर आउन थालेको पनि बिज्ञहरुको भनाई छ ।