काठमाडौं, पुष २१
नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी)को मंगलबार सरूवा भएको छ । माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी एसपीहरूको सरूवा गरिएको नेपाल प्रहरीले जनाएको छ ।
मंगलबार सूचना निकालिएपनि उनिहरु माघबाट खटिएको ठाँउमा जानुपर्छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भएको छ । त्यहाँका एसपी सुशिलसिंह राठौरको महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा, रानीपोखरीमा भएको छ ।
महानगरीय अपराध महाशाखाका एसपी प्रकाश रानाभाटको जिल्ला प्रहरी कार्यालय धनुषामा सरूवा भएको छ । केन्द्रिय अनुसन्धान ब्युरोका एसपी बेलबहादुर पाण्डेको पर्सामा सरूवा भएको छ । एसपी गंगा पन्तको भने केन्द्रिय अनुसन्धान ब्युरो ईन्टेलिजेन्स महाशाखा, महाराजगन्जमा भएको हो ।
को कहा सरुवा भए हेर्न यहाँ क्लिक गर्नुहोस्













प्रतिक्रिया दिनुहोस्