काठमाडौं, माघ ८
नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने कारागार चलान भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपाने ठगी मुद्दामा कारागार चलान भएका हुन् । न्यौपाने जिल्ला अदालत भक्तपुरमा ३५ लाख धरौटी बुझाउन नसकेपछि बिहीबार कारागार चलान भएका छन् । अदालतको आदेशसँगै उनिलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
उनलाई गत मंसिर १० गते चण्डोलस्थित आफ्नै निवासबाटै केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत भक्तपुरमा ठगी मुद्दा दायर गरेको थियो । त्यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको थियो ।













प्रतिक्रिया दिनुहोस्