जनता टाइम्स

६ फाल्गुन २०७७, बिहीबार १५:०८

आफै नांगिने उपराष्ट्रपति पुनको त्यो हर्कत


काठमाडौं, फागुन ६ । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नै मर्यादाबिपरित अत्यन्तै आपत्तिजनक अभिब्यक्ति दिएर आफै नांगो बन्नुभएको छ ।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उदघाटन समारोहको प्रमुख अतिथि रहनुभएका उपराष्ट्रपति पुनले पदीय मर्यादाबिपरित आफ्नो पूर्व युद्धकालिन कमाण्डर पुष्पकमल दाहाल, प्रचण्डलाई खुसी पार्नकै लागि बिवादास्पद अभिब्यक्ति दिएर आफै नांगिने हर्कत गर्नुभएको हो ।
उपराष्ट्रपति पुनले संबिधान नै नपढेको जसरी अभिब्यक्ति दिएपछि पत्रकारहरुले झण्डै नारावाजी गरेका थिए ।

आफ्नो धारणा राख्दा राख्दै पूर्वसुप्रिमो प्रचण्ड खुसी पार्नकै लागि ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्ने आसयबाट आरोप लगाउनु भएको थियो । सिधै नभनी घुमाएर उपराष्ट्रपति पुनले अभिब्यक्ति दिएलगत्तै पत्रकारहरुले बिरोध गर्ने संकेत पाई सच्याउनु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध सार्वजनिक मञ्चमा उपराष्ट्रपतिले अभिव्यक्ति दिन थालेपछि पत्रकार उठेर बिरोध गर्ने तयारी थालेका थिए तर त्यो संकेत पाएर उहाँले बोली सच्याउनु भयो ।

‘देश यति बेला राजनीतिक संकटको भुमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ र यसविरुद्ध प्रदर्शन भइरहेको छ, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, संविधानविद, नागरिक, पत्रकार र सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेका छन्। यो राम्रो संकेत होइन,’ आफू भन्दा अगाडि बोल्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीको कदम सही रहेको तथ्यसहित स्पष्ट धारणा राखेपछि निकै मर्मामत जस्तो देखिनुभएका उपराष्ट्रपति पुनले मन्त्रीलाई काउन्टर दिनेगरी यति बोलेर थप बोल्न थाल्नुभएको थियो, दर्सक दिर्घामा रहेका पत्रकारहरु उहाँतिर हेर्दै उठन खोजेको आभासा पाएपछि थप केही बोल्नुभएन । अनि बिषयान्तर गर्दै पत्रकारिताको बिषयतिर मोडिनु भयो ।

तर यति अभिब्यक्तिबाट पत्रकारबीच मात्र नभएर आम नागरिकबीच नांगिनुभयो । ‘उपराष्ट्रपतिको रुपमा नभई आफ्नो कमाण्डर खुसी पार्न जनमुक्ति सेनाको डेपुटी कमाण्डरको रुपमा प्रस्तुती दिएर उहाँ आफैले नांगिने हर्कत गर्नुभयो,’ उहाँको संबोधन सुनिरहेका एक पत्रकारले भने । उनका अनुसार प्रचण्डले सभामुख अग्नि सापकोटापछि उपराष्ट्रपति पुनलाई पनि आदेशपालक बनाएर मुलुकको बैधानिक संस्थाहरुबिरुद्धको प्रहारलाई थप प्रयोग गर्नुभयो ।