बिराटनगर, फागुन ९ । बिराटनगरमा चार दसकदेखि ब्यवसाय गर्दै आउनु भएका नगेन राई शनिवार (फागुन ८) बिराटनगरमा उर्लिएको मानिस देखेर अचम्ममा पर्नुभयो । आमसभा स्थलमा नजानु भएका राई सवै सडक खचाखच भएको देखेपछि छेवैमा बसेका अर्का सहकर्मीलाई भने, ‘होइन होउ, हाम्रो बिराटनगरमा यति धेरै मान्छे त अहिलेसम्म आएकै थिएनन, जनता त ओली (प्रधानमन्त्री केपी शर्मा ओली) तिरै रहेछन नि ।’
राई कुनै दलको कार्यकर्ता आफू नभएको तर यत्तिका मानिस आएपछि आफू पनि ओलीकै फ्यान बनेको बताइ रहनुभएको थियो । उहाँको कुरा सुनिरहेको जनताटाइम्स सहकर्मीले प्रश्न गरे, पहिला पनि आएका थिए नि बिराटनगरमा यतिका मानिस ? राईले जवाफ फर्काउनु भयो, ‘लु भो नढाँटनोस, यत्तिका मानिस त बिराटनगरमा कहिल्यै आएका थिएनन, बिराटनगर मानिसै मानिसले भरिएको पहिलोपटक देखें ।’
राई मात्रै होइन, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले बिराटनगरमा आयोजना गरेको आमसभामा उपस्थित भएको मानवसागर देखेर बिराटनगरमा लामोसमयदेखि बसोवास गर्दै आएका सवैजसो आश्चर्य चकित बनेका छन । केपी ओलीको बिकल्प छैन भनेर यति धेरै जनता कामर्यक्रममा आएपछि बिराटनगरको मानसिकता पनि बदलिएको छ- जस्ले जे भनुन, ओलीको क्रेज घटेको होइन, बढेको पो रहेछ ।’
अर्का सहभागी पनि मान्छे त कति हो कति भन्दै हौसिदै थिए । ‘मान्छे कति आए र सभा कस्तो भयो भन्ने कुरा यति विशाल जनसभाले देखाइसकेकाले धेरै कुरा गर्नै पर्दैन,’ सभामा सहभागी सुदीप लम्सालको भनाई थियो । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार ओली नेतृत्वको नेकपाले बृहत आमसभा गरेको हो । प्रदेश १ कमिटीले आयोजना गरेको बृहत् जनसभालाई प्रधानमन्त्री ओली, पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्नुभयो । जुनसभामा लाखौं जनता सहभागी भए ।

जनसभा अघि शक्ति प्रदर्शनमा हजारौं उपस्थित थिए । आमसभास्थल विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको खुला मैदानमा सभामा सूर्य चिह्न र ओलीको फोटो अंकित रातो टोपी, टि–सर्ट लगायतका तथा सूर्य चिह्न रहेको एवं नेपालको झण्डा बोकेका सहभागीले भरिएको थियो । बिराटनगरका सडकहरु पनि भरिभराउ थिए । दिउँसो १ बजेदेखि खुला मैदानमा कार्यक्रम सुरु भएको थियो ।
प्रदेशमा विभिन्न जिल्लाबाट सभामा सहभागी हुनका आएका कार्यकर्ता र सर्वसाधारण बिहान ११ बजेपछि मैदानमा छिर्न थालेका थिए । ४० हजार बढीको क्षमता रहेको तीन सय मिटर लम्बाई तथा दुई सय मिटरजति चौडाई रहेको मैदान एकै छिनमा भरिभराउ भयो । विराटनगरमा यसअघि संसद विघटनविरुद्ध दाहाल र नेपाल समूहले विरोध सभा गरेको थियो । दाहाल र नेपाल समूहले यसअघि विराटनगरको महेन्द्र चोकमा शक्ति प्रदर्शन र जनसभाको आयोजना गरेको थियो । सुरक्षा निकायले दाहाल नेपाल समूहमा १५ हजारजतिको उपस्थिति रहेको सुरक्षा निकायको रिपोर्ट छ । तर शनिवारको सभामा सो समुहको भन्दा १० गुणा बढी जनता उत्रिएका छन ।
शनिबारको सभामा पहिलो मैदानमा नअटेपछि कार्यक्रमका उद्घोषक नेकपा केन्द्रीय सदस्य विनोढ ढकालले सहभागीलाई पूर्व–दक्षिणतर्फ रहेको लगभग त्यत्रै अर्को मैदानमा गएर सभामा सहभागी हुन पटकपटक आग्रह गर्नु परेको थियो ।














प्रतिक्रिया दिनुहोस्