जनता टाइम्स

११ फाल्गुन २०७७, मंगलवार २२:४५

प्रतिनिधिसभा पुनःस्थापना : माधव नेपालले टेलिफोनमा कसलाई हिन्दी भाषामा यसरी गरे बिफ्रिङ ? (भिडियोसहित)


काठमाडौं, फागुन ११

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सदर गरेसँगै भारतीय नेताहरुको सक्रियता बढेको छ । भारतीय जनता पार्टीका नेता एंव राज्यसभा सांसद सुव्रण्यम स्वामीले नेपालबाट शुभ समाचार आएको प्रतिक्रिया दिइसक्नु भएको छ ।

सर्वोच्चले फैसला दिने बेला पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भने चितवनमा रहनु भएको थियो । बुधबार हुने सभालाई सम्बोधन गर्न उहाहरु त्यहा पुग्नु भएको थियो । चितवनको एक होटलमा रहेका बेला उहाँ कसैसँग सम्वाद गरिरहेको भिडियो सार्वजनिक भएको छ । प्रचण्ड कुनै सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिईरहनु भएको बेला सँगै रहनु भएका नेपाल भने कसैसँग टेलिफोनमा सम्बादमा हुनुहुन्छ ।