काठमाडौं, फागुन १२ । पूर्वकानून मन्त्री शेरबहादुर तामाङले सर्वाेच्च अदालतले हराए पनि युवा पुस्ता र जनता केपी ओलीकै साथमा दृढतापुर्वक उभिएकोले अदालतबाट हारे पनि जनताको अदालतबाट जितेरै छाडने घोषणा गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बिस्तारित बैठकमा आज बोल्दै नेकपाका नेता तामाङले यस्तो घोषणा गर्नुभएको हो ।
‘सर्वाेच्च अदालतले हराए पनि युवा पुस्ता केपी ओलीकै साथमा छ, हामी जितेरै छाडछौं,’ तामाङले भन्नुभयो, ‘अदालतबाट के फैसला हुन्छ ? त्यसको आधारमा पार्टी बन्दैन, पार्टी बनाउने युवा पुस्ताले हो, जनताको मायाले हो । युवा पुस्ता र जनता केपी ओलीको पक्षमा दृढतापुर्वक उभिएका छन ।’ उहाँले अदालतले संसद पुनःस्थापना गरेपछि आफूहरुले दुई बर्ष पार्टी र संगठन नर्माणको समय पाएको भन्दै उत्साहका साथ काममा खटिन सुझाउनु भयो ।
‘चुनाव सदर भएको भए हतार हतारमा सवै काम गर्नुपथ्यो, छोटो समयमा के हुन्छ ? भन्ने थियो, अव दुई बर्ष संगठन गर्ने अवसर पायौं, हामी संगठन निर्माण गरेर जान्छौं, केपी ओलीको नेतृत्वमा हामी जितेरै छाडछौं,’ तामाङले भन्नुभयो । उहाँले अदालतको फैसलाले पार्टी निर्माण नहुने प्रष्ट पार्नुभयो । अदालतले जे फैसला गरेपनि युवा पुस्ता केपी ओलीकै साथमा रहेको ठोकुवा पनि उहाँले गर्नुभयो ।
‘नयाँ जेनेरेशन केपी ओली जिन्दावादमा छ, केपी ओली जिन्दावाद भनिरहेछ, त्यसैले यो पार्टी बाँच्छ, त्यही पुस्ताले पार्टी निर्माण हुन्छ,’ पूर्वकानूनमन्त्री तामाङले भन्नुभयो । उहाँले केपी ओलीको नेतृत्वमा रहेका सवै नेता कार्यकर्ता र समृद्धि र निर्माणको पक्षमा रहेकोले अदालतो फैसला आएपछि मुलुक सान्त रहेको बताउनु भयो ।
‘अदालतबाट सायद हिजोको फैसला (संसद पुनःस्थापना) ठीक उल्टो आएको भए आज के हुन्थ्यो होला ? आज नेपाल बन्द हुन्थ्यो होला, तोडफोड हुन्थ्यो होला, ध्वंस हुन्थ्यो होला, तर आज त्यस्तो केही छैन । किनकी हामी संयमतापुर्वक आफ्नो बिचार राखिरहेका छौं, हामी निर्माणको पक्षमा हौं, हामी समृद्धिको पक्षमा हौं,’ तामाङले भन्नुभयो, ‘समृद्धि र निर्माणको नेतृत्व केपी ओलीले गरिरहँदा के बिगार्नुभयो ? यो मुलुकको समृद्धि, निर्माण हाम्रो प्रमुख एजेण्डा हो । त्यही एजेण्डा लिएर हामी सर्वाेत्कृष्ट पार्टी निर्माण गर्छाैं ।’
उहाँले १३ बर्ष गोलघरमा राख्दा त नहारेको केपी ओलीलाई अदालतको एउटा फैसला बिपक्षमा हुँदैमा हराउन नसकिने ठोकुवा पनि गर्नुभयो ।
हेर्नाेस भिडियो
प्रतिक्रिया दिनुहोस्