काठमाडौं, चैत २९ । नेपाली भूमि समेटेर नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली हटाउने अभियानको नेतृत्व गर्नुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडामै मन राखेर एमाले फर्कनुभएका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गर्नुभएको छ ।
आजको पार्टी केन्द्रीय कमिटीको बैठक सकिए लगत्तै नेपाल र खनालसँग छलफल गर्न प्रचण्ड कोटेश्वर पुग्नुभएको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा निर्णय गर्दा ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि नेता नेपाल र खनाल पेरिसडाँडामा बैठक गरी ‘हामीले मनदेखि मानेको अध्यक्ष तपाई (प्रचण्ड) नैं हो’ भन्दै सांसद पद जोगाउन एमालेमै फर्किनु भएको थियो । त्यसपछि लगातार सम्पर्कमा रहनुभएका तीन नेताबीच आज भेट भएको हो ।
नेता नेपाल र खनाल एमालेमा फर्किए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेटनु भएको छैन । प्रचण्डसँग मिलेर ओलीलाई आमाचकारी गर्नुभएका नेपाल र खनालले अहिले पनि ओली आफूहरुको अध्यक्ष नभई प्रचण्ड नै रहेको भेटमा बताउनु भएको स्रोतले जनताटाइम्सलाई बतायो ।
प्रधानमन्त्री ओलीको नीति र नेतृत्व नै सही रहेको भन्दै एमालेमै रहने निर्णय लिनुभएका माओवादी नेताहरु रामबहादुर थापा, बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहसहितका सवै नेताहरुलाई एमालेबाट निकालेर माओवादीमै पठाउने स्पष्ट मिसन लिएर यता आउनु भएका नेपाल र खनालले आज पनि यो मिसनमै आफूहरु रहेको जानकारी दिनुभएको छ ।
तपाईले जे भन्नुभएको छ, त्यो पूरा गर्न हामी लागिरहेका छौं तर ओलीले यो सूचना थाह पाएर पहिला नै बादलसहितको नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरे, हामी यो मान्दैनौं भन्दै बार्गेनिङ गरिरहेका छौं,’ प्रचण्डसँग नेपालको भनाई उधृत गर्दै स्रोतले जनताटाइम्ससँग भन्यो । आजको छलफलमा नेताद्वय नेपाल र खनालले आफूहरु ओलीलाई सकाउनकै लागि एमाले फर्किएको तर ओलीले पहिलो गाँसमै ढुंगा लगाइ दिएको बताउनु भयो ।
सर्वाेच्च अदालतले नेकपा खारेज गरेपछि एमाले र माओवादी र एमाले ब्यूँतिएपछि पनि नेपाल र खनाल माओवादीतिरै मन राखेर सांसद पदका लागि एमाले फर्कनु भएको छ । यो सूचना ओलीले पहिला नै पाइसकेपछि माओवादी नेताहरु थप गर्नुभएको हो । आजको छलफलमा यस बिषयमा समेत कुराकानी भएको छ । यसैगरी प्रधानमन्त्री ओली हटाएर नयाँ सत्ता समिकरणको बिषयमा समेत तीन नेताबीच छलफल भएको छ ।













प्रतिक्रिया दिनुहोस्