काठमाडौं, चैत ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको योजना लागू गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले सकाएरै छाडने कसम लिनुभएको तथ्य खुलेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उचाई आफूहरु भन्दा धेरै माथि पुगेको कारण एमालेलाई सकाउनै पर्ने निश्कर्ष सुनाउनु भएको तथ्य प्रचण्डले आफू निकट नेताहरुसँग खोल्नुभएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार सर्वाेचच अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माओवादी केन्द्रीय कार्यालयमा भएको बैठकपछि नेता नेपालले प्रचण्डसामू आफू एमाले फर्किएको नाटक गरेर भाँडभैलो मच्चाउने र कार्यकर्ताहरुलाई एमालेमा बस्नु उचित नहुने निश्कर्षसहित माओवादीमा आउन बाध्य बनाउने निश्कर्ष सुनाउनु भएको थियो । सोही निश्कर्षका आधारमा नेता नेपालले अर्याल होटलमा बैठक गरी प्रचण्डको योजना कार्यान्वयन गर्ने योजना बनाउनु भएको र राष्ट्रिय भेला त्यसैको निरन्तरता रहेको स्रोतको भनाई छ । राजनीतिक बिश्लेषकहरुले नेपालको यो कामलाई एमाले समाप्त पार्ने कसमको रुपमा बुझेका छन ।
नेता नेपालले आफूतिर लागेका युवा नेताहरुको भविश्यसमेत दाउमा राखेर आफ्नो इगो पूरा गर्ने र माओवादीलाई सघाउने योजना बनाउनु भएको छ । ‘माधव कमरेड त आफ्नो इगो र कुण्ठाका लागि आफूलाई समर्थन गर्ने सवैको राजनीतिक भविश्य समाप्त पार्ने योजनामा लाग्नुभयो, सच्चिनु भएन भने एक महिनापछि उहाँतिर कतै जनाधार नभएका केही समानुपातिकबाहेक कोही पनि रहने स्थिति हुन्न,’ प्रचण्डको योजनाअनुसार एमाले समाप्त पार्ने नेता नेपालको योजनाबारे जानकार नेपाल पक्षधरमै रहेका एक नेताले जनताटाइम्ससँग भने । नेता नेपालले गत बर्षको बैशाखदेखि नैप्रचण्डसँग मिलेर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबिरुद्ध अभियान चलाएपछि पार्टी नै बिभाजन हुन पुगेको थियो ।
बिभाजनपछि दुई महिना न्वारानदेखिको बल लगाएर अध्यक्ष ओलीबिरुद्ध आमाचकारी गर्नुभएका नेता नेपालले एमाले फर्किएको बताए पनि काम भने माओवादीकै लागि गरिरहनु भएको छ । त्यही भएर माओवादीले अहिलेसम्म नेता नेपालदेखि अन्य कुनैपनि नेताको जिम्मेवारी परिवर्तन गरेको छैन । त्यसो त प्रचण्डले माधव नेपाल र झलनाथ खनालले ओलीको हाइट घटाउन एमालेलाई कमजोर पार्नैपर्ने निश्कर्ष सुनाएर गएको जानकारी दिइसक्नु भएको छ ।
‘त्यतातिर बबण्डर मच्चाउन लाग्नुभएको छ, सवै यता पठाउने काम हुन्छ, माधवजीहरुलाई यही काममा लाग्नुभएको छ, यताको योजना लागू भइरहेको छ,’ एमाले फर्किएको नाटक गरेपछि माधवको कामबारे प्रचण्डको भनाई उधृत गर्दै खुमलटारनिकट एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार माधवले ओलीलाई नेता मानेर आफू बस्दै नबस्ने निश्कर्ष प्रचण्डलाई सुनाइ सक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्