जनता टाइम्स

६ चैत्र २०७७, शुक्रबार ०७:२२

प्रचण्डले नै खोलिदिए एमाले सकाउन माधवले रचेको षडयन्त्रको पोल, हेर्नाेस भिडियो


काठमाडौं, चैत ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमालेमा फर्किएर बबण्डर मच्चाउँदै पुनः आफूतिर आउने माधव नेपालको बाचा कवोल रहेको खुलासा गर्नुभएको छ । मुड फ्रेस गर्न सिन्धुली पुग्नुभएका अध्यक्ष प्रचण्डले कार्यकर्ताको बीचमा आज यस्तो खुलासा गर्नुभएको हो ।

प्रचण्डसँग मिलेर आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध सीमा नाघेर आपत्तिजनक हर्कत गर्नुभएका एमाले बरिष्ठ नेता नेपाल अदालतले एकतापूर्वकै अवस्थामा पार्टीलाई नेता नेपाल एमालेमै फर्किएको घोषणा गर्नुभएको थियो । माओवादी अध्यक्ष प्रचण्डले फर्कने बेला एमालेभित्र बबण्डर मच्चाएर पुनः आउने बाचार गरेको बताउनु भयो । उहाँले एमालेमा बबण्डर मच्चाउनकै लागि माधव नेपाल समुहले छुट्टै राष्ट्रिय भेला गरेको र त्यो संघर्षको चरम सीमामा पुगेपछि आफूहरुतिर आउने बिश्वास कार्यकर्तालाई दिलाउनु भएको छ । प्रचण्डको त्यो घोषणासँगै माधव नेपाल समुहको भेलाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुपर्छ, माओवादीसँग एकता गर्नुपर्छ भन्ने निश्कर्ष निकालेको छ ।

‘हाम्रा साथीहरुलाई एकता पुरानै ठाउँमा पुगेपछि के काम लाग्यो त भन्ने पनि परेको छ, त्यो चाहिँ सत्य होइन । हामीले एकता गरेर राम्रै भएको थियो नि त ! दुईतिहाई बहुमत हामीले आफ्नो कमाण्डमा राख्यौं नि त माधवजी भलनाथजीसमेत । देशैभर हेर्दा पनि सबै प्रदेश र जिल्लामा बहुमतमा थियौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । एकता गरेर गल्ती नगरेको यो प्रमाण हो,’ प्रचण्डको भनाई छ ।
अहिले अदालतले उल्टो–उल्टो फैसला गरेपछि आफूहरुको केही नलागेको बताउँदै प्रचण्डले एकताबाट एमालेको ठूलो पंक्ति आफूहरुप्रति आकर्षित भएको उहाँको भनाई छ ।

‘त्यो एकताले सही पक्ष एकातिर र गलत पक्ष अर्कोतिर भएको छ । के एमाले के माओवादी । एमाले भित्रका पनि अलि इमानदार र सही पक्ष, माओवादीको त धेरैजसो एकै ठाउँ भइयो हामी । तर, हाम्रा पनि केही त गए नि फेरि,’ प्रचण्डको भनाई छ, ‘बादल र टोपबहादुर जस्ता त गए । ति औंलामा गनिने गए हाम्राचाहिँ । तर, एमालेका त हजारौं–हजार कार्यकर्ताहरुसँग हामी एक भयौं नि त ! त्यसो भएको हुनाले यो घाटा भएको होइन ।’

सुन्नोस प्रचण्डकै मुखबाट तथ्य