काठमाडौं, चैत्र ७
नेकपा एमालेको संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ । संसदीय बोर्डको संख्या बढाउने लगायत केही नयाँ व्यवस्थासहित एमालेले संसदीय दलको विधान पारित गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकले परिमार्जनसहित विधान पारित गरेको र केन्द्रीय कमिटी बैठकमा पेश गरिने मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
‘नेपालको संविधान, एमालेको विधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूल हुने गरी विधान संशोधन गरेका छौं,’ भट्टराईले भन्नुभयो, ‘नयाँ व्यवस्थामा २७ सदस्य रहेको संसदीय बोर्डमा सदस्य संख्या २९ जना पुर्याउने र एकतिहाइ महिला रहने व्यवस्था भएको छ ।’
यसैगरी विधानमा संसदीय दलको उपनेता दलको नेताले मनोनयन गर्ने व्यवस्था गरिएको छ । यसअघि दलको उपनेता चुनिने प्रावधान रहेको थियो । यस्तै, संघीय संसदका दुवै सदनका सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था भएकोमा अब प्रतिनिधि सभाका सांसदहरूले मात्र चयन गर्ने बनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्