जनता टाइम्स

१९ चैत्र २०७७, बिहीबार १९:४९

ओली सरकारले नयाँ वर्षमा जनतालाई दिँदैछ धरहरा उपहार


काठमाडौं चैत्र १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिइने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ, आगामी नयाँ वर्षको पहिलो दिन उद्घाटन हुने जनताका लागि नयाँ वर्षको उपहार त्यही हुनेछ ।’सरकारले एकपछि अर्को नयाँ काम र योजनाको थालनी गरिरहेको पनि उहाँले बताउनुभयो । मेलम्ची खानेपानीलगायत थुप्रै योजनामा सरकारले सफलता पाएको पनि उहाँले बताउनुभयो ।

देशलाई सुरुङमार्गमा लैजानेलगायत धेरै काम सरकारले गरेको उहाँले बताउनुभयो । बाटो, ढल र विद्युतको तालमेल मिलाउँदै विकासको गतिलाई अझ अघि बढाइने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । इतिहास झल्कने र आधुनिकता टल्कने हिसाबले निर्माणका काम सम्पन्न हुनुपर्ने उहाँको भनाइ छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना पूरा गर्ने लक्ष्यमा सरकार अगाडि बढिरहेको भन्दै उहाँले विकासको गतिलाई रोक्न नदिइने प्रतिबद्धता जनाउनुभयो ।