जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार १४:५८

कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई अध्यक्ष ओलीको निर्देशन (भिडियोसहित)


काठमाडौं,बैशाख १२ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा बोल्दै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न र जनताको ज्यान जोगाउने काममा पार्टी पंक्तिलाई बिशेष निर्देशन दिनुभएको हो ।

‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड(१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जाकमनकारी गारउनुभयो’, बैठकपछि एमाले प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो । बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम सरकारले गरिरहेको जानकारी प्रधानमन्त्री ओलीले गराउनु भयो ।