कठमाडौं बैशाख , १४
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिनुभएको छ । काठमाडौं क्षेत्र नम्बर–५ मा पर्ने चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको आज बसेको बैठकमा उहाँले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिनुभएको हो । असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गर्दै अस्पतालको सेवामा सुधार गर्न आग्रह गर्नुभयो ।
यसअघि हिजो आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–५ अन्तर्रगत पर्ने बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्र अस्पताल, टिचिङ अस्पताल, कान्ति बाल अस्पताल र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गर्नुभएको थियो । निर्वाचनका समयमा जनता्माझ आफूले गरेको प्रतिवद्वता अनुसार अस्पतालको सेवा सहज, सरल र र गुणस्तरीय बनाउन प्रतिबद्ध रहेको सुनाउनुभयो ।
सरकारी अस्पतालको स्तरोन्नतिका लागि सरकारले आगामी नीति तथा कार्यक्रममा समेट्ने योजनाहरु दिन पनि उपप्रधानमन्त्री पोखरेलले आग्रह गर्नुभयो । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–५ का प्रदेश सभा सदस्य दीपक निरौला पनि सहभागी रहनुभएके थियो । उहाँले अस्पतालको सेवालाई प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्