जनता टाइम्स

१६ बैशाख २०७८, बिहीबार ११:१७

प्रधानमन्त्रीबारे फेरि फैलाइयो अफवाह, यस्तो छ तथ्य


काठमाडौं, बैशाख १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको बिषयलाई लिएर फेरि अफवाह फैलाउने काम भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नियमित काम गरिरहनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमाथि खेलवाड गर्दै केही मिडियाले आइसोलेशनमा बस्नुभएको भन्दै भ्रमफुर्ण सूचना दिएर अफवाह फैलाएका हुन ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णुरि रिमालले केहीबेर अघि तस्विर नै सार्वजनिक गरी प्रधानमन्त्री ओली आइसोलेशनमा नरहनु भएको प्रष्ट पार्नुभएको छ । ‘प्रधानमन्त्रीज्यू आइसोलेशनमा हुनुहुन्न, प्रचारित समाचार भ्रमपुर्ण छ,’ रिमालले भन्नुभएको छ ।