काठमाडौं, बैशाख २३ । प्रतिनिधिसभाका चार जना सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आगामी वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभा बैठकअघि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा चार सांसदमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संसद सचिवालयका अनुसार परीक्षणमा जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेस नेतृ पार्वती डिसी चौधरीको रिपोर्ट पोजेटिभ आएको हो । संसद सचिवालय स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट कृष्णकुमार खत्रीले उहाँहरु चारै जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो ।
बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म आएका रिपोर्टमध्ये ६ जनामा संक्रमण छ। सचिवालयका अनुसार एक उपसचिव र एक जना सुब्बालाई पनि कोरोना संक्रमण देखिएको छ।













प्रतिक्रिया दिनुहोस्