काठमाडौं, बैशाख २४ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल खेलकुद महासंघले जनचेतना मूलक कार्यक्रम गर्ने भएको छ ।
महासंघले “नेकोसको आव्हान कोभिड (नो भिड”अभियान संचालन गर्ने संचालन गर्ने भएको हो। महासंघले विशेष सर्कुलर जारी गर्दै कोरोना संक्रमणको महामारीमा मानवीय सेवामा सक्रिय रहनका लागि सबै पदाधिकारी ,स्थायी कमिटी ,सचिवालय ,केन्द्रिय सदस्य तथा आयोगका सदस्यहरुलाई आव्हान गरिएको छ।अहिलेको विषम परिस्थितिमा तिनै तहका सरकारले संचालन गरेको अभियानमा सबै खेलाडी र खेलकर्मीहरुको सहभागितामा मानवीय राहतका कामहरुलाई तीव्रता दिन केन्द्रीय वरिष्ट उपाध्यक्षको संयोजकत्वमा अभियान संचालन गरिने महासंघले जारी गरेको विशेष सर्कुलरमा उल्लेख गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्