जनता टाइम्स

३ जेष्ठ २०७८, सोमबार १३:१५

मदनका सपना र नेकपा एमालेको वर्तमान


बहुदलीय जनवादको जुन सैद्धान्तिक विचारधारा छ त्यसको ब्यावहारिक प्रयोग गर्ने केपी ओलीले सुखी नेपाली र समृद्ध नेपालको दर्शनलाई जुन नाराका रूपमा अघि सार्नुभयो र त्यसको प्रयोगमा उहाँ जसरी लाग्नुभयो, त्यसले आफ्नै साथीहरूको निद्रा त्यसरी गायब किन पो हुनुपर्थ्यो र ? केपीको बढेको उचाइ देखेर हो वा कुनै कुण्ठाका कारण हो ? उहाँ भन्दा अग्लो हुनका लागि आफ्नो उचाइ बढाउनका सट्टा अर्काका ढाडमा टेकेर “ ई म अग्लो छु र त्यो होचो छ “ भन्दै कनीकनी उन्नाइस बुँदे आरोपत्रको जात्रा पो किन देखाउनु पर्थ्यो र ?

प्रा.डा.ऋषिराम शर्मा

जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितले छाडेर गएको पनि आज अठ्ठाइस वर्ष भैसकेछ, नेपाली जनताको मुक्तिका लागि प्रतिपादन भएको ‘जनताको बहुदलीय जनवाद’लाई बलात् गम्भीर सङ्कटमा पार्न खोजेको यो क्षणमा आजको दिनले सकारत्मक ऊर्जा देला कि भन्ने आशा गर्नु अपेक्षित नै छ । मदनपछिको जिम्मेवारी सम्हालेका व्यक्तिले विगत दुई वर्षदेखि छिमेकीसँग मिलेर आफ्नो घर अर्कैका नाममा नामसारी गर्न तम्सिएको र अहिले पुनः आफ्नै घरभित्र बस्ने गरी कुरोकानी मिलाउन लागेको देखेर आजको दिन उहाँहरूमा सद्बुद्धि आओस् भनेर कामना गर्न पनि आजको दिन उत्प्रेरक बनोस् भन्ने अपेक्षा राख्नु स्वभाविकै हो ।

मदन आश्रित दासढुङ्गामा रहस्यमय दुर्घटनामा परेर निधन भएपछि सिङगो मुलुक बलिन्द्र धारा आँसुका मूल फुटाउँदै धर्धरी रोएको थियो मानौं, रुदारुँदै बेहोस पनि भएको थियो । हुन पनि हो, त्यसबेला मुलुकले आफ्नो स्वर्णिम भविष्यको छायाँ मदनकै अनुहारमा देखैको थियो र आफ्नो भाग्यको वर्णमाला यिनकै ललाट र हातका रेखाहरूमा पढ्ने गरेको थियो क्यार। त्यस्तो असीम सम्भावना भएका सन्तानलाई त्यतिबेला अल्पायुमै गुमाउनु पर्दा मुलुकका सम्पूर्ण जनताका आँखाबाट आँसु बर्बरी झरेका थिए । उषा र निशा जस्ता दुई चिचिला छोरीहरू र जीवनसँगिनी विद्याका परिवारिक संसारमा परेको त्यतिबेलाको त्यो बज्रपातलाई सम्झँदा अहिले पनि हरेकका हृदय हल्लिन्छन र आँखा रसाउँछन ।

आज जननेता मदनकी जीवनसँगिनी तथा पार्टीकी एक योद्धाद्वारा नेपाल आमा अर्थात् संघीय गणतन्त्र नेपालको संरक्षक अर्थात् राष्ट्रपतिको गहन जिम्मेवारी वहन भएको छ । नेपाल आमाकी एउटी चेली राष्ट्रकै अभिभावक भएर सम्मानित पदमा विराजित हुँदा नेपाल आमाका आँखा हर्षले रसाएका छन र खुसीका मूल फुटेका छन् । मदन भण्डारी फाउन्डेसनको नेतृत्वदायी भूमिकामा देखिएको नेतृत्व कौशलका कारण परिआए जस्तोसुकै जिम्मेवारी वहन गर्न सक्ने ऊर्जाका असीम सम्भावनाका बिहानीहरू मदन बाबुकी छोरी उषामा पनि देखिँदा छन् ।

अर्को सम्झनै पर्ने कुरो के छ भने यदि मदनले अल्पायुमै मुलुक र सारा नेपाली जनतालाई चटक्क छाडेर नगएको भए २०५१ सालकै चुनावमा प्रशस्त बहुमत पुग्ने गरी मतपेटिका भरिने थिए कि ? र संसदीय व्यवस्थाको कुरूप अभ्यासबाट वाक्क भएर २०५२ सालदेखि सम्बद्ध पक्ष ब्यालेट बहिष्कार गरी बुलेटपथ र बारुदमार्गतर्फ मोडिने र जनधनको विनाश हुने अवस्था पो आउँदैनथ्यो कि ? अथवा जननेता मदनले निकै माया गरेका र मदन प्रतिपादित विचारका अनुयायी वामदेव गौतमले पार्टी फुटाएर गएपछि भएको २०५६ सालको आम निर्वाचनमा त्यसो नगरेको भए पुनः बहुमत आउँथ्यो कि ? अनि सशस्त्र विद्रोहमा होमिएकाहरूसँग त्यतिबेलै सम्झौता हुन गई मानवीय एवम् भौतिक क्षतिको त्यो बीभत्स रूप नै पो देख्नु पर्दैनथ्यो कि ?

जननेता मदनले टुँडिखेलको आमसभाबाट राजदरबारतर्फ औँलो ठड्याएर लल्कार्दै २०४७ चैत्र ५ गतेको विशाल जनसभामा “महाराज, हात नलम्काइ बक्स्योस् आँखा नचम्काइ बक्स्योस् र आफ्ना षण्ड मुसण्डहरुलाई नचलाई बक्स्योस्” भनेर चेतावनी दिँदा जनसागर कति रोमाञ्चित थियो ! तर कालान्तरमा त्यो चेतावनी नटेरी हात लम्काइ बक्सँदा र आँखा मात्र होइन हतियार समेत चम्काइबक्सँदा विद्रोह र आन्दोलनको टोर्नाडोले राजतन्त्र अवसान भएकै हो र सङ्घीय गणतन्त्र स्थापना भएको हो । सशस्त्र विद्रोहबाट जनवादी सत्ता स्थापना गर्न भनी हिँडेकाहरू पनि बहुदलीय प्रतिस्पर्धा स्वीकार गरी राजनीतिको रङ्गशालामा उत्रेपछि त बहुदलीय प्रतिस्पर्धाबाट जनवादको यात्रा तय गर्न सकिने जनताको बहुदलीय जनवादको सान्दर्भिकता झनै बढेर गएकै छ र आखिर बहुदलीय जनवादको चौतारोमा लयाएर सशस्त्र युद्ध नामका झोलीझाम्टा बिसाएको कुरो त जगजाहेर छँदै छ ।

जतिबेला पश्चिमा पूँजीवादीहरूले मार्क्सवादका अवसानको माला जपिरहेका थिए र मार्क्सवादको मृत्युको गीत गुनगुनाइ रहेका थिए, त्यतिबेला संसारलाई नै चकित तुल्याउने गरी नेपाली भूमिमा नेपालकै विशिष्ट परिस्थिति अनुकूल मार्क्सवादको सिर्जनात्मक व्याख्या गर्दैजननेता मदनबाटै जनताको बहुदलीय जनवादको नीतिको प्रतिपादन भयो । वाम विचारप्रति अपार जनसागरलाई सम्मोहित पार्ने मदन भण्डारीको चमत्कारिक व्यक्तित्वबाट अभिभूत भएर “कार्लमार्क्स नेपालमा अझै जीवित छन्”भनी लेखेको न्युजविकको फोटोसहितको अन्तर्वार्ता हेरेको हिजै हो कि झैँ लाग्छ र आज पनि सामाजिक सञ्जालाका भित्ताहरूमा त्यो भाइरल भै रहेछ ।

विगत केही समयदेखि मुलुकको भाग्यरेखा कोर्ने सरकारका दूरगामी महत्वका कार्यलाई ओझेलमा पार्न झिनामसिना र फुटकर त्रुटीका तिललाई पहाड बनाउने गिरोहले मुलुकको विकास देख्नै चाहँदैन । एक पाथी धानमा दुइटा बियाँ देखेर पूरै चामललाई धानैधान देख्नेहरूको लोलीमा बोली मिलाउन उही पार्टीघरको एउटै बलो भित्रको एउटा जत्था ज्यानै फालेर बलपूर्बक लागेकै थियो र त्यसको कुरूप रूपले यी आखामा ठुङेको पनि कहाँ धेरै भएको छ र ?

सम्झनै पर्ने कुरो के छ भने यदि मदनले अल्पायुमै मुलुक र सारा नेपाली जनतालाई चटक्क छाडेर नगएको भए २०५१ सालकै चुनावमा प्रशस्त बहुमत पुग्ने गरी मतपेटिका भरिने थिए कि ? र संसदीय व्यवस्थाको कुरूप अभ्यासबाट वाक्क भएर २०५२ सालदेखि सम्बद्ध पक्ष ब्यालेट बहिष्कार गरी बुलेटपथ र बारुदमार्गतर्फ मोडिने र जनधनको विनाश हुने अवस्था पो आउँदैनथ्यो कि ? अथवा जननेता मदनले निकै माया गरेका र मदन प्रतिपादित विचारका अनुयायी वामदेव गौतमले पार्टी फुटाएर गएपछि भएको २०५६ सालको आम निर्वाचनमा त्यसो नगरेको भए पुनः बहुमत आउँथ्यो कि ? अनि सशस्त्र विद्रोहमा होमिएकाहरूसँग त्यतिबेलै सम्झौता हुन गई मानवीय एवम् भौतिक क्षतिको त्यो बीभत्स रूप नै पो देख्नु पर्दैनथ्यो कि ?

जननेता मदनपछिको कार्यभार थाम्नुभएका माधव नेपालले १५ वर्ष पार्टीको नेतृत्व लिनु भो । उहाँकै नेतृत्वकालमा एमाले फुट्यो र २०५६ सालमा बहुमतको सरकार बनने सम्भावना गुमाउनेमा उहाँको नेतृत्व केकतिको जिम्मेवार छ त्यो पनि इतिहासले केखाजोखा गर्ला नै । तर १५ वर्षसम्म नेपाली काङ्ग्रेसको भाइ पर्टीको रूपमा खुम्चेको एमालेलाई केपी ओलीको नेतृत्वले दाइपार्टीलाई कुन कुनामा लगेर राख्नु भो र एमालेलाई कत्रो बनाउनु भो त्यो पनि दुनियाले देखेकै छ । आज आएर कामरेड माधनव नेपाल आफनो सरकार ढाल्नुलाई आफ्नो पौरखका रूपमा लिँदै हिड्नु भएको र आफ्नो सरकारका विरुद्ध विश्वसको मत नदिएर विपक्षका पक्षमा मरिमेटेर लागेको घिनलाग्दो दृश्य जुन देखियो त्यो पनि आज यही स्मृति दिवसका दिनदेखि नदेखियोस् भनेर कामना गर्न बाहेक के पो गर्न सकिन्छ र ?

बहुदलीय जनवादको जुन सैद्धान्तिक विचारधारा छ त्यसको ब्यावहारिक प्रयोग गर्ने केपी ओलीले सुखी नेपाली र समृद्ध नेपालको दर्शनलाई जुन नाराका रूपमा अघि सार्नुभयो र त्यसको प्रयोगमा उहाँ जसरी लाग्नुभयो, त्यसले आफ्नै साथीहरूको निद्रा त्यसरी गायब किन पो हुनुपर्थ्यो र ? केपीको बढेको उचाइ देखेर हो वा कुनै कुण्ठाका कारण हो ? उहाँ भन्दा अग्लो हुनका लागि आफ्नो उचाइ बढाउनका सट्टा अर्काका ढाडमा टेकेर “ ई म अग्लो छु र त्यो होचो छ “ भन्दै कनीकनी उन्नाइस बुँदे आरोपत्रको जात्रा पो किन देखाउनु पर्थ्यो र ?

हिजो जे भयो भयो ! आज, मिल्न भनेर आइसके फछि हिजो आफूले बोलेर अपच भएका अम्लपित्तको तीतोलाई दिमागको अमाशयमा जस्ताको त्यस्तै राख्ने गल्ती कदापि नगरौँ । कम्तीमा पनि यति कुरो त मानौँ, केपी ओलीलाई कम्निस्ट प्रणीका रूपमा हत्या गरिसक्यौँ भनेर हिजो बोलेका ती वचन ज्युँदै राखेर होइन तिनलाई रछानमा गाडेर मात्र एकता गरौँ ।

किनकि एकता आवश्यक छ र अपरिहार्य छ तर त्यसका लागि मदन-आश्रितको यो स्मृति दिवसलाई साँक्षी राखेर नवगठित कार्यदलले आफ्नो अभिभारा पूरा गरोस् । मदनको सपना पूरा गर्न वर्तमान एमाले सफल होओस् ।