काठमाडौं, बैशाख ३० गते । पाल्पामा तिनाउ नदीमा डुबेका दुई जना मध्ये एक जनाको शव फेला परेको छ ।
तिनाउ गाउँपालिका–३ कदमबासमा तिनाउ नदीमा डुबेर बेपत्ता भएका बुटवल उपमहानगरपालिका–४ लक्ष्मीनगरका १७ वर्षीय अभिषेक श्रेष्ठको शव भेटिएको हो ।
श्रेष्ठसँगै बेपत्ता भएका एक जना अझै बेपत्ता छन् । नुहाउन गएका उनीहरू सोमबार डुबेर बेपत्ता भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्