जनता टाइम्स

३० बैशाख २०८२, मंगलवार २३:२४

नुवाकोटमा त्रिशूली नदीले बगाएर दुई बालिका बेपत्ता 


काठमाडौं । बैशाख ३० गते

नुवाकोटमा त्रिशूली नदीले बगाएर दुई बालिका बेपत्ता भएका छन् ।

मंगलबार साँझ नुहाउने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएका हुन् । मंगलबार साँझ नुवाकोटको बेलकोटगढी नगरपालिका–७ कचौडे भिर स्थित त्रिशूली नदीमा नुहाउने क्रममा हुनेमा ११ वर्षीया जेनी डङ्गोल र ११ वर्षीया सदीक्षा राई बेपत्ता भएका हुन् ।

उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं १९ गुल्म नुवाकोटबाट तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ । राति अबेरसम्म उनीहरूको पत्ता लगेको छैन ।