काठमाडौं, जेठ ४ । नेकपा एमालेभित्रको बिवादसमाधानका लागि सुझाव दिन गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा केही बेरपछि बैठक बस्न लागेको हो ।
‘आज ३ बजे बैठक बस्ने तय भएको छ,’ पूर्वअर्थमन्त्रीसमेत रहनुभएका एमाले नेता पाण्डेले जनताटाइम्ससँग भन्नुभयो । बैठक केहीबेरपछि सुरु हुने नेताहरुले बताएका छन । यसअघि सोमवार बस्ने भनिएको बैठक भीम रावलको आँखामा समस्या आएपछि बस्न सकेको थिएन । भीम रावलको आँखाको समस्या निको भएपछि आज नेकपा एमालेको विवाद मिलाउने कार्यदलको बैठक बस्न लागेको हो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार आजको बैठकमा सहमतिको बिन्दु पहिचान गरी साझा धारणा तय गर्ने प्रयाश गरिने छ ।
कार्यादेश अनुसार छलफल गरेर सहमतीको विन्दु पहिचान गरी अध्यक्ष र माधव कमरेडलाई बुझाउने नेम्वाङले जनताटाइम्सलाई जानकारी दिनुभयो । तीन दिन अघि गठन भएको कार्यदलमा प्रधानमन्त्री तथा ओलीको तर्फबाट नेता नेम्वाङ, बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ भने नेपालको तर्फबाट भीम रावल, घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनुहुन्छ । कार्यदलले पार्टी एकतालाई मजवुत बनाउने गरी साझा धारणा तय गर्ने योजना बनाएको छ ।













प्रतिक्रिया दिनुहोस्