काठमाडौं, जेठ २३
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चान्दा चौधरीले पदभार ग्रहण गर्नुभएको छ । आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले सामाजमा रहेका विभिन्न कुरीति अन्त्यका लागि पञ्चबर्षिय रणनीतिक कार्ययोजना मन्त्रीपरिषदमा पठाउने फाइलमा सदर गरी कार्यप्रारम्भ गर्नुभएको हो । सो अवसरमा सन्चारकर्मीसँग कुराकानी गर्दै उहाँले समाजमा देखिएको कुरीति विरुद्धमा लागि पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म भर्खरै आएको छु, मन्त्रालय अन्तर्गत नीतिगत कार्ययोजना कार्यान्वयनका लागि प्राथमिकताका साथ के–के गर्न सकिन्छ त्यसको बारेमा विस्तृत काम गर्ने योजनामा छु ।’

संविधानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको लागि उल्लेखित हक अधिकारको स्पष्ट व्यवस्था गरकोले सोही अनुसार कार्यान्वयन गर्नुमा जोड दिनुभयो । उहाँले महिला विरुद्धको सबै हिंसाको अन्त्यका लागि तीनै तहमा तदारुकताका साथ काम गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
उहाँले मर्यादित महिनाबारी प्रर्वद्धन सम्बन्धी निर्देशिका २०७८ स्वीकृतीका लागि मन्त्री परिषदमा पेश गर्ने निर्णय गर्नुभयो । सो अवसरमा मन्त्रालयद्धारा आयोजित निवर्तमान मन्त्रीको विदाई तथा नवनियुक्त मन्त्रीहरुको स्वागत कार्यक्रममा नव नियुक्त मन्त्री चौधरीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदैं नियम कानुन अनुसार हुने काममा ढिला सुस्ती नगर्न आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्