जनता टाइम्स

४ असार २०७८, शुक्रबार १६:३६

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए बिश्वासको मत


पोखरा, असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनु भएको छ । मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट पोखरेलले विश्वासको मत लिनुभएको हो ।

आज भएको मतदानमा मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ मत आएको छ भने विपक्षमा २७ मत आएको छ । मतदानमा ५८ जना प्रदेश सभा सदस्य सहभागी भएका थिए ।