जनता टाइम्स

२७ असार २०७८, आईतवार १६:१०

थ्री नेसन्स कप बिजेता टोलीलाई सरकारले गर्यो नगदसहित सम्मान


काठमाडौं, असार २७ । गत चैतमा सम्पन्न थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिमलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता टोलीका खेलाडी ४र४ लाख र प्रशिक्षकलाई २ लाख रुपैयाँ नगदसहित पुरस्कृत गर्नुभएको हो । थ्री नेसन्सको उपाधि जितेपछि राष्ट्रिय खेलकुद परिषद्‌को सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई ४र४ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

गत चैत १६ गते भएको थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २(१ ले हराएर उपाधि जितेको थियो । प्रतियोगितामा कीर्गिस्तानको ओलम्पिक टिम पनि सहभागी थियो । दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई जित दिलाउन संजोग राई र विशाल राईले गोल गर्नुभएको थियो ।