जनता टाइम्स

२७ असार २०७८, आईतवार २२:५६

एमाले बिभाजनको षडयन्त्र बिफल : सवै विवादको अन्त्यसहित १० बुँदे सहमतिमा हस्ताक्षर (पूर्णपाठ)


काठमाडौं, असार २७ । सत्तारुढ नेकपा एमालेले १० बुँदे सहमति गर्दै विवादको अन्तिम टुंगो लगाएको छ । एमालेले विवाद समाधानका लागि गठन गरेको कार्यदलका सदस्यद्धारा सहमतिमा हस्ताक्षर भएको छ । कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले १० बुँदे सहमतिमा हस्ताक्षर भएको दैनिकीलाई जानकारी दिनुभयो । सहमति भयो, कसैको कारण कार्यदल रोकिएन, बिष्टले जनताटाइम्ससँग भन्नुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बीचमा सहमति भएर बनेको कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव समूहबाट डा भीमबहादुर रावल, गोकर्ण विष्ट, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य हुनुहुन्छ । कार्यदलले दुवै नेतालाई कन्भिन्स गराएर सहमति जुटाएको छ ।

यस्तो छ कार्यदलको सहमति