जनता टाइम्स

२८ असार २०७८, सोमबार १४:०५

गैह्रन्यायीक फैसलाविरुद्ध देशभरका नेता–कार्यकर्तालाई शशक्त विरोधमा उत्रन युवा संघको आब्हान


काठमाडौं, असार २८

राष्ट्रिय युवा संघ नेपालले सर्वोच्च अदालतको फैसलाले मुलुक अस्थिरतातर्फ धकेलेको जनाएको छ । संघले यस फैसलाको सशस्त्र प्रतिरोध गर्ने जनाएको छ । युवा संघका अध्यक्ष किरण पौडेलले असंवैधानिक र गैह्रन्यायीक फैसला विरुद्ध देशभरिका नेता–कार्यकर्तालाई शशक्त विरोध प्रदर्शनमा उत्रन आब्हान गर्नुभएको छ ।

अध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्नुभएको छ,‘सर्वोच्च अदालतको फैसलाले मुलुक अस्थिरता तर्फ ! असंवैधानिक र गैह्रन्यायीक फैसला विरुद्ध देशभरिका नेता–कार्यकर्तालाई शशक्त विरोध प्रदर्शनमा उत्रन आब्हान गर्दछु ।’