काठमाडौं, असार ३०
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न कोटेश्वर जानुभएको छ । सिंहदरबारबाट नेता नेपाल भेट्न प्रधानमन्त्री देउवा बाहिरिनुभएको हो ।
त्यस्तै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने यसअघि नै कोटेश्वर पुग्नुभएको थियो । यसअघि संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बन्न एमालेको माधव पक्षका २३ सांसदहरूले देउवालाई समर्थन दिएका हुन् ।













प्रतिक्रिया दिनुहोस्