काठमाडौं, साउन १२
नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौंवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाउनुभएको छ । साउन १० गतेको बैठकमा एमाले नेता नेपालले नारमुनीलाई प्रतिगमनको मतियार भन्दै बाहिर जान चेतावनी दिनुभएको नेपाललाई अधिनायकवादी चरित्रको संज्ञा दिनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘यो एउटा सार्वभौमक जनताको प्रतिनिधिको मौलिक हक र वाक स्वतन्त्रतामाथिको हमलामात्र होइन समस्त थारु सुमदायको अपमान पनि हो । नारदमुनी रानाकोमात्र सवाल होइन, बैठकमा जुन दृष्य देखाइयो त्यो सदियौंदेखि शासकहरुले थारुमाथि गरेको शोषणको झल्को पनि हो ।’













प्रतिक्रिया दिनुहोस्