काठमाडौं, साउन १५ । एमाले ‘बरिष्ठ नेता’ माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कम्फर्टेवल सरकारमा सहभागी हुने निर्णय गरिसक्नु भएको खुलासा भएको छ । माधव निकट सांसद मेटमणि चौधरीले देउवा सरकारमा जाने निर्णय माधवले लिइसक्नु भएको खुलासा गर्नुभएको हो ।
‘हामी केपी ओली नेतृत्वको एमालेमा फर्कदैनौं, अर्को पार्टी निर्माण गर्छौं र ६ वटा मन्त्रालय लिएर देउवा सरकारमा सहभागी हुन्छौं,’ रिपोटर्श क्लवले आज काठमाडौंमा आयोजना गरेको सात्क्षात्कारमा माधव नेपालको निर्णय सुनाउँदै सांसद रानाले भन्नुभयो । माधवले आफ्नै समुहमा रहेका दोस्रो तहका नेतासँग भने देउवा सरकारमा नजाने जानकारी दिनुभएको थियो । तर रानाले देउवा सरकारमा जाने प्रष्ट पार्नुभएको हो ।
‘हामी रानाले ६ वटा मन्त्रालयसहित सरकारमा जानेबारे आजै निर्णय हुनेपनि जानकारी दिनुभयो । ‘हामीले यति नै संख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैनौं । तर, समानुपातिक प्रतिनिधित्व हुनुनै पर्छ । सम्भवतः ६ ओटा मन्त्रालयमा हामी सहभागी हुन्छौं,’ रानाको भनाई थियो ।
आज निर्णय नभए पनि आगामी हप्तासम्म सरकारमा सहभागी भइसक्ने रानाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्